
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको टिजरमा प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिहरूको यात्रा प्रस्तुत गरिएको छ । चलचित्रमा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा हुनुहुन्छ । साथै, विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको पनि प्रमुख अभिनय छ । यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतार-चढावलाई सौन्दर्यपूर्ण ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ ।
विपिन र मिरुनाको अभिनयमार्फत प्रेम र स्मृतिका गहिराइहरू बुन्न खोजिएको छ भने एलेक्स र परीक्षाले प्रेममा आउने नोकझोक र भावनात्मक टकराबलाई जीवन्त बनाएका छन् । अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।
टिजरमा मिरूनाले दिएको डायरीमा विपिन आफ्ना भावना लेख्दै गरेको दृश्य प्रस्तुत गरिएको छ । विपिनले सांकेतिक रूपमा प्रेमका कुरा व्यक्त गर्नुभएको छ भने, मिरूनाले प्रेम रहे पनि त्यसमा जटिलता रहेको संकेत गर्नुभएको छ । ‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । सुजन चापागाईंको संगीत रहेको चलचित्रलाई नवीन चौहानले लेखन तथा निर्देशन गर्नुभएको हो भने सुरज कटुवालको सहलेखन छ । चलचित्रमा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू र भावना खपांगी मगरलगायतको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच