
काठमाडौं । राजावादीको आन्दोलनका क्रममा कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाटको घटना नियन्त्रणमा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुली पुरस्कृत हुनुभएको छ । बुधबार एक कार्यक्रमबीच भाटभटेनी सुपरमार्केटले उहाँलाई पाँच लाख एक हजार एक सय ११ रुपैयाँ र पाँच ग्रेड बढुवासहित सम्मान प्रदान गरेको हो ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले उक्त पुरस्कार र सम्मान प्रदान गर्नुभएको थियो । भाटभटेनीमा तोडफोड र लुटपाटमा उत्रिएकाहरूलाई सुरक्षा गार्ड पराजुलीले लाठी प्रहार गर्दै बाहिर लखेट्नुभएको थियो । गत शुक्रबार राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा भएको तोडफोड तथा लुटपाटबाट ८० लाखभन्दा बढीको क्षति भएको भाटभटेनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच