‘होली’ तथा स्पेनमा मनाइने ‘ला टोमाटिनो फेस्टिवल’ एकसाथ मनाइँदै

Read Time = 3 mins

काठमाडौं । नेपाल स्काउट लैनचौरमा होली तथा स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवलको आयोजना हुने भएको छ ।

फागुन २२ गते होली पर्वका दिन नेपाल स्काउट लैनचौरमा दिनको १२ बजेबाट शुरु हुने आयोजकले जनाएको छ ।

पर्यटन प्रर्वधन र पर्यटन व्यवसायप्रति यूवा पुस्ताको आकर्षणका लागि ग्लोवल टुरिजम प्रोमोसन काउन्सिलले होली तथा स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिबलको आयोजना गर्ने भएको हो ।

कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले नेपाली संस्कृतिसँगै बिदेशी संस्कृतिको आदान प्रदानका लागि यस्ता फेस्टिबलले सहयोग पुग्ने बताउनु भयो । बिदेशी संस्कृतिलाई भित्राएको आरोपको खण्डन गर्दै अध्यक्ष सापकोटाले हाम्रो संस्कृति बिदेशीलाई चिनाउन र उताको संस्कृति हामीले सिक्ने मौका भएको बताउनु भयो ।

यसरी हुने कार्यक्रमले दुई देशबीचको भाइचारा बढ्ने मात्र नभई संस्कृति आदानप्रदानले सामाजिक विकासमा समेत टेवा पुग्ने उहाँले बताउनु भयो । काउन्सिलले यसका अलावा पर्यटन क्षेत्रका स्टेक होल्डरलाई समेटेर होटल तथा पर्यटन अर्बाड आयोजना गर्ने तयारी गरेको छ ।

पर्यटन बोर्डले आफ्ना केही बाध्यताका कारण यस्ता कार्यक्रम आयोजना गर्न नसकेको हुनसक्ने बताउँदै निजी स्तरबाट भएपनि आयोजना हुने यसप्रकारका कार्यक्रमले पर्यटकको बसाइ लम्बिने र पर्यटन व्यवसायीलाई राहत मिल्ने सापकोटाले दावी गर्नुभयो ।

काउन्सिलले नेपालमा मात्र नभएर बिदेशमा पनि यस्ता कार्यक्रमको आयोजना गर्ने तयारी रहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि काउन्सिलले आवश्यक तरकारी लगायतका सामानसमेत प्रत्यक्ष किसानबाटै खरिद गर्ने उहाँले बताउनु भयो । फेस्टिबलमा महिलाहरुको कवडी प्रतियोगिता लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?