
बर्दिया । चितुवाको आक्रमणमा परी बर्दियामा एक बालक गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सर्जन चौधरी चितुवाको आक्रमणमा परी गम्भीर घाइते भएका हुन ।
गुलरिया नगरपालिका–४ इन्द्रेनी टोलमा हजुर आमासँगै खेतमा मकै गोड्ने क्रममा बालकलाई चितुवाले झम्टिएको थियो। हजुर आमा कराएपछि चितुवा उनका नातिलाई छोडेर भागेको थियो ।
उनको नेपालगञ्जमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बालकको घाँटीमा चितुवाको आक्रमणबाट गहिरो घाउ खत रहेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार चितुवाले बुधवार दिउँसो २ बजेतिर बालकलाई आक्रमण गरेको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच