
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुईमहिने जनयात्रा कार्यक्रम शुभारम्भ गरेको छ ।
चितवनको भरतपुर गेष्टहाउस चौरमा आज दिउँसो पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलगायत केन्द्रीय सदस्यहरूले घण्टी बजाएर यात्राको शुभारम्भ गर्नु भयो । कार्यवाहक सभापति डोल प्रसाद अर्याल भने कार्यक्रम उद्घाटन हुने बेलासम्म पुग्नुभएको छैन । उहाँ चितवन जानका लागि काठमाडौंको एयरपोर्टमा हुनु भएको आयोजकले बताएका थिए ।
आजको यो कार्यक्रममा सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम थियो ।
तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उहाँ अहिले प्रहरीको हिरासतमा हुनुहुन्छ ।
लामिछानेले पक्राउ पर्नुअघि चितवनको आज हुने कार्यक्रम नरोक्न निर्देशन समेत दिनुभएको थियो ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले कार्यक्रमलाई मर्यादित बनाउन नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
कार्यक्रममा सहभागी हुँदा कुनै उशृङ्खल गतिविधि नगर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम पूर्ण रुपमा शान्तिपूर्ण होस् भन्ने चाहन्छौँ, सोहीअनुसार निर्देशन भएको छ ।”
सबैका कुरा सबैले सुन्ने बानीको विकास गर्नसकेमा मात्रै समाजको विकास हुने उहाँको भनाइ छ । विचारमा विमति भए पनि देशको विकासका लागि सबै एकठाउँ हुन जरुरी रहेको भन्दै उहाँले अन्य दलहरु पनि राजनीतिक संस्कारमा रहने विश्वास व्यक्त गर्नुभयो । चितवनबाट दिएको सन्देश देशभर छिटो प्रवाह हुने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच