
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएकोमा नाडाकै समानान्तर संस्था नेपाल अटोमोबाइल्स इम्पोट्र्स एण्ड म्यानुफ्राक्चर्स एसोसिएसन गठनपछि विभिन्न आशंका व्यक्त भइरहेकोमा दुवै संस्थाले अटोमोबाइल क्षेत्रको विकास विस्तारका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौती समाधान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोट्र्स एण्ड म्यानुफ्राक्चर्स एसोसिएसन(नाइमा) पनि मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको अध्यक्ष ऋतु सिंह वैद्यले बताउनुभएको छ । जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माताले प्रतिनिधित्व गर्छन् । नाडाका अनुसार दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरूले दुवै संघको भाग बनेर छनोट गर्न सक्छन् । तथापि दुवै संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयास जारी राख्नेछन् ।
नाइमामा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् । जसको उद्देश्य मोबिलिटीमार्फत् विकास सशक्त बनाउने रहेको छ । नाइमाले रणनीतिक नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्र सबल बनाउने लक्ष्य राखेको छ, जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिइने वैद्यले बताउनुभएको छ ।
नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए पनि कार्यक्षेत्र उद्योग र सरोकारवालाको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने बताइएको छ । संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवद्र्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकता सम्बोधन गर्दै सरकारसँग मिलेर उद्देश्यहरू पूरा गर्न काम गर्ने संस्थाले जनाएको छ । हालै नाइमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाडाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएका दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउने दाबी गरेका छन् ।
नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा नाडा र नाइमा दुवै संस्था व्यवसायीको हक र हित संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध रहेका नाडा अध्यक्ष करण चौधरी र नाइमा अध्यक्ष ऋतु सिंह वैंद्यद्वारा आइतबार संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार नाइमाको २०८२ साल वैशाख ४ गते औपचारिक घोषणा गरिनेछ । सो अवसरमा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्र, मध्य तथा दीर्घकालीन योजना, तथा मोबिलिटी सशक्तीकरणका लागि गर्न लागेको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच