
भोजपुर । मुलुकको अर्थतन्त्र कमजोर हुदाँ खेलकुद क्षेत्रको विकासमा चाहेजति बजेट बिनियोजन हुन नसकेको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले बताउनु भएको छ ।
भोजपुर सदरमुकाममा आइतबारदेखि पाँच प्रदेशको सहभागितामा सुरु मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा धारणा राख्नुहुँदै पूर्वमुख्यमन्त्री राईले राजनीतिक स्थायीत्व कायम हुन सकेमा अर्थतन्त्र र बजेट पनि बढ्ने बताउनुभयो । सरकार फाल्ने र बनाउने कार्यले मुलुकमा स्थायीत्व कायम हुन नसकेको बताउँदै राजनीतिक स्थायीत्वका लागि अहिले प्रयास भई रहेको बताउनुभयो ।
जनताको अधिकार सुनिश्ति हुने ब्यवस्था संघीय गणतन्त्र भएको बताउँदै पूर्वमुख्यमन्त्री राईले अहिले त्यसको बिरुद्धमा कतिपय हावाहुरी तथा गतिबिधीहरु चलाउन खोजिएको बताउनुभयो ।
आफु पनि भलिवलको पूर्व खेलाडी रहेको र सोही कारण परिचय बनाउन सफल भएको बताउँदै राईले करिव २० बर्ष अगाडी भोजपुरमा पनि रंगशाला चाहिन्छ भनेर आफुले प्रयास गरेको र आफनै पालामा रंगशालाको संरचना पनि बनाउन सफल भएको धारणा राख्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच