
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको सामरिक स्वार्थको सैन्य गठबन्धनमा सामेले नहुने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल विश्व शान्तिको पक्षमा रहेकाले कसैको लडाइँ झगडामा सामेल नहुने प्रष्ट नीति रहेको बताउनु भयो ।
उहाँले भूराजनीतिको चपेटामा परेर ठूलाले जे भन्यो त्यही मान्ने पक्षमा नेपाल नरहेको बताउनु भयो । राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तरदायित्व र जवाफदेखितालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले नेपाल दुई ठूला छिमेकी देशको बीचमा रहेकाले दुवै मित्रराष्ट्रसँग बराबरको सम्बन्ध कायम गर्नुपर्ने बताउनु भयो । कोल्टे पर्ने राजनीतिले समस्या निम्त्याउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘भूराजनीति सचेत प्रयास अगाडि बढाउने कुरा हो । यसले सचेतनताका साथ राष्ट्रिय हितका सच्याइहरुलाई अगाडि बढाउ भन्छ भूराजनीतिले । आफ्ना न्यायोचित पक्षहरु विचारहरु छोड राष्ट्रिय हितलाई छोड भन्दैन भूराजनीतिले । भूराजनीतिको कुरा गर्दा न्यायोचित हुनुपर्छ राष्ट्रिय हित भनेको र अर्को कुरा अन्तर्राष्टिय उत्तरदायित्व र जवाफदेहिता जिम्मेवारीपनका साथ प्रश्तुत गरिएको हुनुपर्छ । नत्र भने या त खोक्रो आडम्बर मात्रै बाँकी हुन्छ या त बलियाको हतियार बन्छ । राष्ट्रिय हित मात्रै जायज छ भन्ने हो भने बलियाले जे ग¥यो त्यही जायज होला । हामीले हाम्रा छिमेकीहरुको जायज चासो, चिन्ता र सरोकारहरुलाई ध्यान दिनुपर्छ र त्यसलाई ख्याल गरेर काम गर्नुपर्छ । कोल्टिने राजनीति गर्नु हुँदैन । राष्ट्रिय हितलाई केन्द्र भागमा राख्नुपर्छ बराबरीको मित्रता । पेकिङको नजिक पुगिस् कि भन्यो भने नेपालमै छु भन्नुप¥यो । दिल्लीको नजिक पुगिस् कि भन्यो भने काठमाडौंमै छु भन्नुपर्छ । हामी आफ्नै ठाउँमा छौँ शत्रुता कसैसँग छैन । सबैसँग मित्रता छैन शत्रुता । हामी कुनै कसैको सामरिक सैन्य गठबन्धनमा लाग्दैनौँ । सामेल हुँदैनौँ प्रष्ट नीति छ । लडाईंको पक्ष विपक्षमा लाग्दैनौँ हामी शान्तिको पक्षमा छौँ । हामी विश्व शान्तिको पक्षमा छौँ ।’
प्रधानमन्त्री ओलीले भूराजनीतिको आडमा राष्ट्रको हित र आवश्यकता प्रश्तुत गर्न नसक्ने कमजोरी गर्नु नहुने बताउनु भयो । छिमेकी राष्ट्रहरुसँग सही विषयमा खुला छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले छिमेकीहरुसँगको न्यायोचित सम्बन्ध आवश्यक भएको बताउनु भयो । देशको आवश्यकता पूरा गर्न बजार र व्यापारको अवसर, विकास निर्माणलगायतका सहयोग जुटाउन राष्ट्रिय हितलाई बहुआयामिक बनाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय हित बहुआयामिक शब्द छ । यसका धेरै आयामहरु छन् ति सबै आयामहरु यसका भूगोल, विकास, विकासका लागि सहयोग कसरी जुटाउने सबै पर्छन् । सहायता र सहकार्यका कुराहरु पर्छ, बजार र व्यापारको अवसरको कुरा पनि पर्छ । हामी यी सबैलाई न्यायोचित बनाउन चाहन्छौँ । हाम्रो छिमेक सम्बन्ध न्यायोचित हुन पर्छ । तर भूराजनीति भन्ने शब्दको आडमा आफ्नै कमजोरी आफैँले आफ्नै कुरा र हितका कुरा पनि भन्न नसक्ने कमजोरी त्यसलाई ढाकछोप गर्ने माध्यम बनाउनु हुँदैन । खुलस्त कुराकानी गर्नुपर्छ मित्रहरुका बीचमा । हामीले सँधै सही कुरा राख्नुपर्दछ र छलफलमा जानुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेको वर्तमान सरकार राष्ट्रिय सहमती र एकताको बाटो भएको बताउनु भयो । देशमा समस्या पर्दा राजनीतिक स्थिरता दिन सबै दलहरु एकजुट हुने गरेको भन्दै उहाँले राष्ट्रिय हितमा अडिग रहेर संवद्र्धन र रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच