
काठमाडौं । ट्रायम्फ मोटरसाइकल नेपालले एक्सचेन्ज क्याम्प सम्पन्न गरेको छ । एक्सचेन्ज क्याम्पमार्फत् ग्राहकको उत्साहजनक सहभागितासँगै नक्साल शोरुममा उपलब्ध सम्पूर्ण बाइकको स्टक बिक्री भएको कम्पनीले जनाएको छ । छ दिनसम्म सञ्चालन भएको क्याम्प नक्सालस्थित बाइकर्स क्याफेमा आयोजना गरिएको थियो, जहाँ विभिन्न ब्राण्डका मोटरसाइकल धनीले आफ्नो पुरानो बाइक साटेर ट्रायम्फमा अपग्रेड गर्ने अवसर पाएका थिए ।
नेपालस्थित आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा आयोजित क्याम्पमा बाइकप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो । एक्सचेन्ज क्याम्पका विशेषतामा स्पट एक्सचेन्ज अफर, जुनसुकै ब्राण्डको पुरानो बाइक तुरुन्तै साट्न सकिने सुविधा, उत्कृष्ट मूल्य ग्यारेन्टी, पुरानो बाइकका लागि सबैभन्दा राम्रो बजार मूल्य प्रदान, सहज फाइनान्सिङ विकल्प, न्यून डाउन पेमेन्ट र किफायती मासिक योजना, टेस्ट राइड अनुभव रहेका ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच