
काठमाडाैं । बंगलादेशको अन्तरिम सरकारले देशका केही भागहरूमा प्यालेस्टाइन समर्थक विरोध प्रदर्शनहरूको बीचमा गाजा पट्टीमा इजरायलको निरन्तर आमहत्या र मानवअधिकार उल्लङ्घनको कडा निन्दा गरेको छ ।
गत महिना इजरायलले हमाससँगको युद्धविराम समाप्त गरेदेखि यसको आक्रमणले धेरै प्यालेस्टिनीहरू,जसमा प्रायः महिला र बालबालिकाहरू मारिएका छन् । साथै गाजामा मानवीय सहायताको प्रवेशमा अवरोध पुर्याएको छ ।
परराष्ट्र मन्त्रालयले प्यालेस्टिनी जनताको सबै न्यायपूर्ण अधिकार, आत्मनिर्णयको अधिकार र १९६७ पूर्वको सीमानामा आधारित स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापनाको लागि बंगलादेश सरकारको बलियो समर्थनलाई पुनः पुष्टि गरेको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलवार गाजा पट्टीमा इजरायलको विस्तारवादी महत्वाकांक्षाको आलोचना गर्नुभएको छ । यस्ता कार्यहरूले सबै संलग्न पक्षहरूलाई हानि पुर्याउने र क्षेत्रभर शान्ति प्रयासहरूलाई कमजोर पार्ने बताउनु भयो ।
विस्तारवादी मनशायका साथ नयाँ नक्शाहरू बनाउने कामले कसैलाई फाइदा नगर्ने उहाँको भनाइ छ । टर्कीका राष्ट्रपतिले हिंसा रोक्न र गाजामा शान्ति पुनःस्थापित गर्न टर्कीको प्रतिवद्धतामा जोड दिनुभयो ।
गाजामा भइरहेको नरसंहार रोक्न, युद्धविराम हासिल गर्न र शान्तिको बाटो खोल्न आफ्नो शक्तिले भ्याएसम्म सबै गरिरहेको उहाँको भनाइ छ ।
गाजा मुद्दामा अन्तर्राष्ट्रिय सहयोग महत्वपूर्ण : इजिप्टका रक्षामन्त्री
इजिप्टका रक्षा तथा सैन्य उत्पादन मन्त्री अब्देल मगिद सकरले मंगलवार तनाव कम गर्न, नागरिक जीवनको रक्षा गर्न र गाजामा प्यालेस्टिनीहरूलाई मानवीय सहायताको प्रवाह सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहकार्यको महत्वमा जोड दिनुभएको छ ।
सैन्य प्रवक्ताको एक विज्ञप्तिअनुसार सकरले भ्रमणमा रहनुभएका फ्रान्सेली सशस्त्र बल मन्त्री सेबास्टियन लेकोर्नुसँगको भेटमा यी टिप्पणीहरू गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, दुवै पक्षले दुई राष्ट्रहरू बीचको सैन्य सहयोगलाई सुदृढ पार्ने तरिकाहरू र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मोर्चाहरूमा भएका पछिल्ला विकासहरू सहित पारस्परिक हितका धेरै मुद्दाहरूमा छलफल गरिएको छ ।
आफ्नो तर्फबाट लेकोर्नुले इजिप्टको स्थायी साझेदारी र फ्रान्ससँगको फलदायी सहयोगमा, विशेष गरी सैन्य क्षेत्रमा गर्व व्यक्त गर्नुभयो ।
- सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच