
काठमाडाैं । काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौं भ्यू-टावर निर्माण कार्य अलपत्र अबस्थामा रहेको छ ।
मेयर बाेलन साहले काठमाडौं टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको समेत संलग्नता रहेको आशंका व्यक्त गरेर काठमाडौं भ्यू-टावर भत्काउने तयारी गरिएको पनि चर्चा छ तर काठमाडौं महानगरले भत्काउने विषयमा अहिलेसम्म औपचारिक निर्णय भने गरिसकेको छैन ।
वि.सं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार ०७५ फागुनभित्र कम्पनीले भ्यु टावरको निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर १० बर्ष बितिसक्दा पनि निर्माण कार्य भने सकिएको छैन ।
भ्यू टावरको १२औं तलाको काम सम्पन्न गरेर बसेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि बाँकी तला थप गरेर सञ्चालनमा ल्याउने योजना बन्दा भवनलाई अलपत्र अवस्थामा छाडिएको हो ।
उक्त टावर २३ रोपनी पाँच आना जग्गामा बन्दैछ । व्यवसायिक उक्त टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, रेष्टुरेन्ट, बैंक आदि बन्ने भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच