
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुर्खेत उपत्यका नगर विकास समितिमा कार्यरत सहायक लेखापाल खड्कबहादुर रानालाई नियन्त्रणमा लिएकाे छ ।
राजस्व रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई बुधबार नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको भन्ने उनीमाथथि उजुरी छ ।
आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले रानालाई सम्बन्धित कागजातसहित नियन्त्रणमा लिएको पौडेलले जनाउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच