
कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आज भोलि ऐंसेलु बेच्ने स्थानियहरुको बाक्लै भीड लाग्ने गर्दछ । पाखा, डाँडा र खर्कहरुमा फल्ने ऐंसेलु अहिले सो क्षेत्रका स्थानियहरुको आम्दानीको स्रोत बनेको छ ।
पोखरा बाग्लुङ सडक खण्डमा यात्रा गर्ने प्राय हरेक यात्रुले यहाँको ऐंसेलु किन्ने गर्दछन् । प्रति सोली (पातबाट बनाइएको सोली) १०० रुपैयाँमा बिक्री हुने ऐंसेलु टिप्न भने एक बिहानै खर्च गर्नु पर्ने स्थानीय ऐंसेलु व्यापारी रशिका बिश्वकर्माले बताउनुभयाे। बिहानै अधेरीखोला तिर जानु पर्छ, तिप्नको लागि पनि गाह्रो नै छ, काँडाले घोच्ने उहाँकाे भनाइ छ ।
त्यस्तै ऐंसेलु बेचेरै प्रतिदिन २ हजार सम्म कमाई हुने स्थानिय अस्मी बिश्वकर्माले बताउनुभयाे । तर ऐंसेलु वर्षको चैत्र,वैंशाख,जेठ महिनामा मात्र फल्ने हुँदा अन्य दिन खेति किसानी नै गर्ने गरेको उहाँले बताउनुभयाे ।
गाउँमा धेरै मात्रामा ऐंसेलु फल्ने भएपनि त्यसको सही उपयोग हुन नसकेको स्थानीयकाे भनाइ छ । पूर्वका केही जिल्लामा वाइन बनाउन र जुस बनाउनको लागि ऐंसेलुको उपयोग गरी राम्रो आम्दानी गरेको भए पनि हाम्रोमा त्यसो हुन नसकेको स्थानीयले गुनासो गरेको छ ।
ऐंसेलु नेपालको पहाडी भेग लगायत अन्यत्र पनि पाइन्छ । जस्तो, भारत, पाकिस्तान, चीन । यसलाई ‘गोल्डेन हिमालयन रासबेरी’ भनेर चिनिन्छ । कतिपय भेगमा चाहि यसलाई ‘रासबेरी’ नामले पनि चिनिन्छ ।
ऐंसेलु स्वादिलो र रसिलो फल मात्र होइन । यसमा भिटामिन सि, फिनोल, फ्लेवोनोइड जस्ता सुक्ष्म पोषक तत्व हुन्छ ।ऐसेलुको जरामा औषधिय गुण हुन्छ । ज्वरो आउँदा, झाडापखाला लाग्दा, ग्याष्ट्रिक हुँदा ऐंसेलुको जरा सेवन गर्नु फाइदाजक हुन्छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच