विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी-२० प्रतियोगितामा दिल्ली युनाइटेड क्रिकेट क्लब र ओसिस काठमाडौं क्रिकेट क्लबले विजयी सुरूवात गरेका छन् । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा वीरगञ्ज युथ क्रिकेट क्लबलाई १२३ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली विजयी भई दोस्रो चरणमा प्रवेश गरेको हो ।
दिल्लीले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको वीरगञ्जले १२.५ ओभरमा अलआउट भई ९४ रनमात्रै बनायो । वीरगञ्जका लागि असिम अन्सारीले २९ रन बनाउनुभयो । शंकर साहले १३ रन र सुमन सुनुवारले १२ रनको योगदान दिनुभयो ।
दिल्लीका मोहित पाण्डेले सर्वाधिक पाँच विकेट लिनुभयो । उहाँ खेलको म्यान अफ द म्याच घोषित हुनुभयो । अंकित रोयले तीन विकेट र बैवप पालले दुई विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाई २१७ रनको विशाल योगफल खडा गरेको थियो । दिल्लीका रञ्जित सिंहले ३७ बलमा ६३ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । अभिरूप गुप्ताले ४९ रन बनाउनुभयो । रोहित त्रिपालीले ४९ रनको योगदान दिनुभयो ।
वीरगञ्जका रामनरेश गिरी, दिपेश श्रेष्ठ र हरिशंकर साहले समान दुई-दुई विकेट लिनुभयो । सोही दिन भएको दोस्रो खेलमा बजाज युथ क्रिकेट क्लब सप्तरी ११ लाई पाँच विकेटले हराउँदै ओसिस काठमाडौं क्रिकेट क्लब विजयी भई क्वाटरफाइनलमा पुगेको छ ।
सप्तरीले दिएको १२९ रनको विजयी लक्ष्य काठमाडौंले १५.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौंका सम्राट भुसालले अविजित ३६ रन बनाउनुभयो । सुजन थपलियाले २४ रन लिनुभयो । आदिर खानले १९ रनको योगदान गर्नुभयो । सप्तरीका अनिल यादव, अभिषेक कार्की, पप्पु यादवले समान एक-एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा नौ विकेट गुमाई १२८ रन बनाएको थियो । अमित यादवले २७ रन बनाउनुभयो । अनिल यादवले २३ रन र पप्पु यादवले २२ रनको योगदान दिनुभयो ।
काठमाडौंका गौतम केसीले तीन विकेट लिनुभयो । आदिल खानले दुई विकेट र सुमित श्रेष्ठले एक विकेट लिनुभयो । म्यान अफ द म्याच काठमाडौंका गौतम केसी घोषित हुनुभयो ।
मंगलबारको पहिलो खेल घरेलु टिम मिल्स क्रिकेट क्लब विराटनगर रानी र दिल्ली युनाइटेड क्रिकेट क्लबबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल वैशाली क्रिकेट क्लब पटना र नरपथगञ्ज क्रिकेट क्लब बिहारबीच हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच