सुडानमा विपक्षी समूहद्धारा ७२ घण्टे युद्धबिराम

हिमालय टाइम्स
Read Time = 1 min

खार्तुम । सुडानको विपक्षी समूहले ७२ घण्टे युद्धबिराम गरेको छ ।

बिपक्षी र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले एक पक्षीय रुपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको हो । इद उल फितर पर्वको अवसरमा एकपक्षिय युद्ध बिरामको घोषणा गरेको सो समुहले जनाएको छ ।

गत हप्तादेखि राजधानी खार्तुममा सत्ता संघर्षका लागि जारी युद्धलाई इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक पक्षीय रुपमा युद्ध बिरामको घोषणा गरेको हो । स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजेदेखि सुरु हुने युद्ध बिराम ७२ घण्टासम्म रहनेछ ।

अहिलेसम्म सो आन्तरिक युद्धमा परी झन्डै २ सय ५० जनाले ज्यान गुमाइसकेका छन भने सरकार र बिद्रोही समुहका बिचमा सत्ता संघर्ष चर्किदै जाँदा हजारौं सर्वसाधारणले राजधानी खार्तुम छाडेका छन ।

बिपक्षी समुहले घोषणा गरेको युद्ध बिरामको अवस्थामा अझै धेरै सर्वसाधारण राजधानीवाट बाहिरिने अनुमान गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?