काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताउनुभएकाे छ ।
चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताउनुभएकाे हाे ।
सरकारको कार्यशैली चित्त बुझ्दो नरहेको बताउँदै उहाँले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताउनु भयाे । सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थनको औचित्य पनि नदेखिएको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच