काठमाडौं । चलचित्र ‘देववाणी’को शुभमुहूर्त गरिएको छ । निर्देशक बाबुसाहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘देववाणी’को शुक्रबार बिहान राजधानीको भद्रकालीमा मुहूर्त गरिएको हो । पूजाआजसहितको मुहूर्तमा चलचित्रका प्रमुख कलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा र रविन्द्र झाले मुहूर्त सट दिनुभएको थियो ।
मुहूर्तमा पत्रकार शान्तिप्रियले क्यामराको स्विच अन, मोहन निरौलाले निर्देशन, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले क्ल्याप र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले नरिवल फोड्नुभएको थियो ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रको छायांकन सिमरा, वीरगञ्ज, इटहरी र काठमाडौंमा हुने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी, मौसम पौडेललगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।
मौसम पौडेल प्रस्तुतकर्ता रहेको यो चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता हुनुहुन्छ । महेन्द्र यादव कार्यकारी निर्माता रहेको चलचित्रमा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच