भोजपुर नपाभित्र खानेपानीका बिषयमा जनगुनासो बढेपछि छलफल

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । खानेपानीको बिषयमा धैरै गुनासो आएपछि भोजपुरमा सो बिषयमा छलफल गरिएको छ । जिल्ला स्थित सरकारी कार्यालय, सुरक्षा निकाय र उपभोक्ताले प्रयोग गर्दे आएको खानेपानीको महशुल बढी आउने गरेको गुनासो आएपछि जिल्ला समन्वय समितिको पहलमा समस्याका बिषयमा छलफल गरिएको हो ।

भोजपुर नगरपालिका भित्र खानेपानीको ब्यवस्थापनको जिम्मा लिएको सिलिचुङ खानेपानी उपभोक्ता समितिका पदाधिकारीलाई बोलाएर जनगुनासोका बिषयमा छलफल गरिएको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले बताउनुभयो ।

खानेपानी ब्यवस्थापनको जिम्ममा पाएको संस्थाले उपभोक्तको हितमा काम गर्नु पर्ने भएकाले देखिएका समस्या समाधानमा पनि उसको दायित्व हुने प्रमुख राईको भनाई रहेको छ ।

छलफलमा महशुल रकम बढी आउनुको कारण र घरमा जोडिएका खानेपानीका मिटरहरुको अवस्था बुझन सिलिचुङ उपभोक्ता समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले संयुक्तरुपमा सहकार्य गर्ने निर्णय समेत भएको छ । उपभोक्ताहरु सार्वभौम भएकाले सिलिचुङ खानेपानीले गैर जिम्मेवारपूर्ण कार्य गर्न नहुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।

धारा खोल्नेक्रममा हावा बढी आउने गरेकाले मिटर अत्याधिक घुम्ने गरेको गुनासो पनि उपभोक्ताले गर्ने गरेका छन । भोजपुरमा खानेपानी ब्यवस्थापनका लागि तिन भंगाले शहरी खानेपानी आयोजना संचालनमा आएसँगै महशुल रकममा समेत बृद्धि गरिएका कारण उपभोक्ता मारमा परेको नेपाली कांग्रेस भोजपुरका सचिव चक्र कार्कीले बताउनुभयो । देखिएका त्रुटिहरुमा सुधार गर्दे आयोजनाको ऋण तिर्नका लागि उपभोक्तालाई कर थुर्पन नहुने बताउँदै कार्कीले अन्य निकायहरुसँग पनि यस बिषयमा समन्वय गर्नु जरुरी देखिएको बताउनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?