बर्षा र हिमपात नहुँदा जुम्लाका किसानले हिउँदे बाली लगाउन सकेनन्

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । हिमाली जिल्ला जुम्लामा वर्षा र हिमपात नहुँदा हिउँदे बाली लगाउन अझै सकेका छैनन् । हिउँदे याममा पानी पर्न सकेको छैन । हिउँले बाली अन्तर्गत गँहू र जौको खेती लगाउनबाट किसान बञ्चित भएको जिल्लाको तिला गाउँपालिका-१ का किसान जयबहादुर बुढाले जानकारी दिनुभयो ।

आकाशे पानीको भरमा रहेका रारावासिलाई उपयूक्त समयमा वर्षा नहुँदा हिउँदे खेती गर्न नसकिने हो भनेर पीडा थपिएको स्थानीयवासि सपुरा रावतको भनाइ छ । सिंचाइ सुविधा नहुँदा राराका करिब दुई सय असि घरधूरीले हिउँदे बाली लगाउन नसकेको वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिनुभयो । गाउँमा रोजगारीको सम्भावना नहुँदा घरखर्च चलाउन भारत जानेको संख्या रारा गाउँको धैरे रहेको वडाध्यक्ष बस्नेतको भनाइ छ ।

हिउँदे याम लागेसंगै बर्षा र हिमपात हुन सकेको छैन । जिल्लाका कतिपय ठाउँमा पानी नपर्दा किसानले हिउँदे बाली लगाउन नसकेको कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो ।

हिउँदे याममा यहाँका उच्च ठाउँमा लगाएका खेतीमा वर्षा नहुँदा बाली सुक्न थालेको किसान बताउँछन् । जुम्लामा सबैभन्दा चिसो माइनस ६ दशमलव ६ डिग्री सेल्सियस तापक्रम रहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ ।

गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदे बालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान सुनीता पाण्डेले जानकारी दिनुभयो । हिउँदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको यहाँका किसान बताउँछन् । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा निकै कमी हुने सिंजा गाउँपालिका कृषि शाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?