काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानको १९९औँ चिया कविता शृंखला सम्पन्न भएको छ । बुधबार काठमाडौंमा विश्व कवि प्राध्यापक तुलसी दिवसको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा शैलेन्द्र साकार, प्रा.डा. भरतकुमार भट्टराई, अभय श्रेष्ठ, सुनिता अधिकारी, रविन्द्र आशिष ‘शैली’, राजबाबु श्रेष्ठ ‘सागर’, संगीता सारथि, नानीमैयाँ अधिकारी, कृष्णबहादुर विष्ट, बुद्धिमान महर्जनले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा क्याफे केटिएम हाइट्सका मार्केटिङ म्यानेजर केदारराज आरनले साहित्यिक कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्नुहुँदै भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन राजबाबु श्रेष्ठ सागरले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच