टोलमै गएर सामाजिक सुरक्षा भत्ता वितरण

डिलासैनी गाउँपालिका ५ का लाभग्राही सामाजिक सुरक्षा भत्ता बुझ्दै । तस्वीर: डम्बर बोहरा

हिमालय टाइम्स
Read Time = 3 mins

-डम्बर बोहरा

बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाले टोल-टोलमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । बैंकका कर्मचारी, पालिकाका पञ्जीकरण शाखाका कर्मचारी जनप्रतिनिधिहरु टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएकाे हाे ।

भौगोलिक रुपमा विकट पालिका भएकाले बैंकमा आएर सामाजिक सुरक्षा भत्ता बुझ्न अप्ठ्यारो हुने भएको हुँदा टोलटोलमै पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ वडा अध्यक्ष यज्ञराज भट्टले जानकारी दिनुभयो ।

‘डिलासैनी भौगोलिक रुपमा विकट पालिका हो, सबैजना बैंकमा पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न सक्दैनन्’ उहाँले भन्नुभयो ‘जनप्रनितिधी , पंञ्जीकरण शाखा र बैंकका कर्मचारी टोलमा नै पुगेर भत्ता वितरण गरीरहेका छौ ।,’

जेष्ठ नागरिक, असाहय, अपाङ्ग, एकल महिलाहरुले पाउँदै आएको आर्थिक बर्ष २०७९/०८० को प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो ।

वडा नम्बर १, २, ३ र ४ का टोलहरुमा तिहार अघि नै वितरण गरिसकेको प्रवक्ता जोशीले बताउनुभयो । सोमबार वडा नम्बर ५ का नागिनीथाम, बासिगाउँ, दौतला, रतपौडे टोलमा गएर भत्ता वितरण गरिएको भट्टले बताउनुभयो । बाँकी रहेका अन्य वडाका टोलहरुमा त्रमश वितरण गरीने गाउँपालिकाले जनाएको छ ।

डिलासैनी गाउँपालिकामा कुमारी बैंकको शाखा रहेको छ । वडा नम्बर ६ गोकुलेश्वरमा बैंकको शाखा रहेकाले सबैलाई बैंकमा पुगेर भत्ता बुझ्न अप्ठ्यारो हुने गरेको थियो । पालिकाले टोलटोलमै पुगेर सामाजिक सुरक्षा वितरण गर्न थालेपछि जेष्ठ नागरीक , अपाङ्ग असाहय तथा एकल महिला खुशी भएका छन् ।

बैंकको पहुँच नपुगेको क्षेत्रमा घरघमै गएर भत्ता वितरण गरिन लागिएको छ । टोलमै भत्ता वितरण हुन थालेपछि बिशेषगरी अपाङ्गता भएका र ज्योष्ठ नागरीकहरुलाई सहज भएको छ ।

यसअघि जिल्लाको मेलौली नगरपालिकाले बैैकमा आएर सामाजिक सुरक्षा भत्ता बुझ्न असहज भएको भन्दै टोलटोलमै गएर वितरण गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?