काश्मिरकी टिकटक स्टारको गोली हानी हत्या

Read Time = 1 min

कश्मिर । जम्मु कश्मिरको बडगाम जिल्लामा टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार ३५ वर्षीया अमरीन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन् ।

आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन् । लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जाँदा अमरीन भाटलाई उनको घरमा गोली हानेका थिए । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ ।

युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?