चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने

Read Time = 3 mins

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा संघले ५५ हजार ५५५ रुपैयाँको यो सम्मान घोषणा गरेको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान प्रदान गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष समीर बलामीले पूर्वचलचित्र पत्रकारलाई मानर्थ सदस्यसमेत वितरण गर्ने बताउनुभयो । संघले २०८० सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, संघका पूर्वअध्यक्ष विदुर गिरी, शान्ति प्रिय, दिनेश सिटौला, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल काजी कायस्थ, नेपाल फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, चलचित्र सेन्सर बोर्डका सदस्य भुपेन्द्र खड्का, ऋषिराज आचार्य, चलचित्र विकास बोडका सदस्य रवि अधिकारीलगायतको उपस्थिति थियो ।

चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते आफ्नो स्थापना दिवस पारेर दुईजनालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र दुईजनालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान’ र एकजनालाई एउटा ल्यापटपसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’, २५ हजार नगदसहित मोफसलका एक पत्रकारलाई ‘राष्ट्रिय मोफसल पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ । यस वर्षबाट संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ थपेको हो ।

कार्यक्रममा चलचित्र पत्रकार संघका उपाध्यक्षद्वय कुबेर गिरी, विजय सुवेदी आवाजलगायत कार्यक्र समिति तथा सदस्यहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव रघुनाथ सापकोटाले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?