लोकतन्त्रले एकातिर वैचारिक स्वतन्त्रताको कुरा गर्छ तर अर्कोतिर बुुद्धिवादी तार्किकताले भरिएका वैचारिक व्यक्तिलाई मृत्युुदण्डको सजाय दिन्छ-प्लेटो । यो भनाइ ग्रीसका दार्शनिक प्लेटोको हो । आफ्ना गुुरु सुुकरातलाई मृत्युुदण्ड दिने निर्णयपछि गणतन्त्र वा लोकतन्त्रका बारेमा गरिएको उनको टिप्पणी हो यो । प्रजातान्त्रिक मुुलुुकमा सबै कुरा स्वतन्त्र हुन्छन् । मानिसका सबै बोल्ने, लेख्ने, भन्ने अधिकार पूर्णरूपमा सुुरक्षित हुुनुु गणतन्त्रको सौन्दर्य पनि हो । यही सौन्दर्यका बारेमा प्लेटोले गरेको टिप्पणी तत्कालीन ग्रीसका लागि भद्दा मजाक बन्यो होला ? आफ्ना गुुरुप्रति शासनले देखाएको अनुुदार चरित्रप्रति असन्तोष व्यक्त गदै आदर्श गणराज्यको कल्पना प्लेटोको आधारभूूमि बन्यो । गुुरुलाई दिएको सजायप्रति असन्तोष जनाउँदै उनी निरङ्कुुश शासनको पक्षमा उभिए ।
हामी नेपाली गणतान्त्रिक मुुलुुकका बासिन्दा र हाम्रो देश गणतान्त्रिक शासनपद्यति भएको देश । हामीले शासन व्यवस्थामा धेरै परिवर्तन गर्यौं । संसारका कुनै पनि मुुलुुकमा सायद जनताले यसरी शासन व्यवस्थालाई फेर्नेगरी कुनै आन्दोलन गरेका छैनन होला ? तर हामीले शासन व्यवस्थामा धेरै परिवर्तन ल्यायौँ र ठूल्ठूला आन्दोलन गर्यौं । प्लेटोको जस्तो विचार हामी नेपालीमा जन्मेन पनि । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि आन्दोलन, बलिदान हामी नेपालीका लागि कुनै ठूलो कुरा रहेन आजसम्मको इतिहास हेर्दा । लगभग अठार हजार नेपालीको बलिदानबाट प्राप्त यो व्यवस्थाका सबै अङ्गहरू आज सक्रिय बनेका छन् तर हामी नेपालीले के पायौं त ! यो प्रश्न आजसम्म पनि अनुुत्तरित रहेको छ ।
खस्कँदो शिक्षा :
राज्यको आवश्यकता अनुुसार शिक्षा दिनु र दक्ष जनशक्ति उत्पादन गर्नु राज्य र राज्य सञ्चालकको दायित्व हो । यो नागरिकको मौलिक अधिकारबाट राज्य पन्छिन सक्दैन र मिल्दैन पनि । हामी नेपालमा नेपाल सुुहाउँदो शिक्षा दिन सकिरहेका छैनौं । विदेशी अनुुदान लिएर उसकै शैलीको शिक्षा पच्छ्याउने हामीले हाम्रो देशका नागरिकलाई सकेसम्म विदेशी भूूूमिमा जान तयार रहेकोे जनशक्ति उत्पादन गरिरहेका छौं । देशको जनशक्ति बाहिर जाने र विदेशमा अध्ययन गर्ने लर्कोमा लागिरहेको हुन्छ । दश जोड दुुई पास गरिसकेपछिको उसको उद्देश्य नै विदेशी भूूमिमा जेनतेन जानुु हो । सके पढ्ने र नसके धन कमाउने मनसाय बोकेको हुन्छ यो पुुस्ताले ।
राज्यको आवश्यकता अनुुसार शिक्षा दिनु र दक्ष जनशक्ति उत्पादन गर्नु राज्य र राज्य सञ्चालकको दायित्व हो । यो नागरिकको मौलिक अधिकारबाट राज्य पन्छिन सक्दैन र मिल्दैन पनि । हामी नेपालमा नेपाल सुुहाउँदो शिक्षा दिन सकिरहेका छैनौं ।
२०८० साल असार सोह्र गनेसम्मको तथ्याङ्कलाई हेर्ने हो भने यो चानचुुन एघार महिनामा सात लाख चालिस हजार नेपालीले श्रम स्वीकृति लिएका छन् । साथै विदेशमा अध्ययन गर्न पाउनुुपर्ने अनुुमतिपत्र लिनेको सङ्ख्या पनि एक लाख हाराहारीकै देखिन्छ । प्रत्येक वर्षमा एकलाख विद्यार्थी र सातलाख रोजगारीका लागि विदेश पठाउने हाम्रा शासक अझ गणतन्त्रको रटानमा थाकेका छैनन् । कर्मचारी सरुवा बढुवामा कर्मचारीका नेताको सिफारिश, शिक्षक सरुवा बढुवामा शिक्षक नेताको सिफारिश, प्राध्यापक सरुवा बढुवा प्राध्यापक नेताको सिफारिश, पदाधिकारी बन्न आफूूभन्दा धेरै कनिष्ठको चाकरी गर्नुपर्ने बाध्यता । कनिष्ठ पदाधिकारी हुने प्रवृत्तिका कारण दिन प्रतिदिन देशको शैक्षिक अवस्था खस्कँदो छ । यो सार्वजनीन सत्य हो ।
सामाजिक सञ्जालमा स्नातक उत्तीर्ण गरेर पनि दशहजारको जागिर पाइएन भन्ने गुुनासाको भिडियोले चर्चा बटुलेको छ आजकल । विदेशी विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरेका शिक्षित व्यक्तिले लिने समकक्षताको प्रमाणपत्र लिन गरेको सकस समाचार बनेर आयो । कस्तो हो विश्वविद्यालय र हामीले दिने शिक्षाको गुुणस्तर । छोरीलाई पास गराउने नाममा राम्रो विद्यार्थीको थप उत्तरपुुस्तिका आफ्नी छोरीको उत्तरपुुस्तिकामा राख्ने प्राध्यापकले नेपालको शिक्षालाई कसरी गुुणस्तरीय बनाउन सक्छन् खोइ !
२०६२/०६३ सालको आन्दोलनले प्रत्येक क्षेत्रमा राजनीतिलाई प्रवेश गरायो । पढाउने र आफ्नो दायित्व तथाकर्तव्य निर्वाह गर्ने सबै शिक्षक तथा प्राध्यापक पछि परे । उनीहरूले पढाएका विद्यार्थी भनसुन र नेताको भेटका भरमा विभागीय प्रमुख, क्याम्पस प्रमुुख, सङ्काय प्रमुुख र विश्वविद्यायलका पदाधिकारी बनेर शासन गरिरहेको हुन्छ । कसरी शिक्षमा गुुणस्तर र शिक्षार्थी अब्बल बनोस् । विश्वविद्यालयका आङ्गिक क्याम्पस विद्यार्थी विहीन बन्न थालेका छन् । विद्यार्थी प्राध्यापक नेता र पदाधिकारीले चलाएका निजी क्याम्पसमा पढिरहेका छन् । कुनै पनि विश्वविद्यालयको स्थापना त्यसमा अध्ययन गराउने विषय र विशेषताका आधारमा गरिएको हुन्छ । विद्यार्थींको अभावमा क्याम्पसहरू रित्तिने अवस्थामा देखिएका छन् भने सरकार एउटा राज्यमा चार पाँच विश्वविद्याय खोल्ने तयारीमा लागेको छ ।
शिक्षा गुणस्तरीय हुनुुपर्छ । शिक्षा देश सुुहाउँदो हुनुुपर्छ । शिक्षा राज्य संयन्त्रका सबै पक्षमा आफूलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने खालको हुनुुपर्दछ । यो शिक्षाले दिने आधार र त्यसले व्यक्त गर्ने मान्यता हो । हाम्रो देश यसमा विचरा बनेको छ । हामी सातलाख कामदार र लगभग एक लाख हाराहारीका विद्यार्थी विदेशी भूूमिमा पठाउँछौं र भन्छौं कृषिमा क्रान्ति आवश्यक छ । कस्तो बिडम्बना हामी र हाम्रो देशको । यही शिक्षा र यही पद्यति अपनाउने हो भने हाम्रो देशको शैक्षिक अवस्था दिनप्रतिदिन खस्कँदो अवस्थामा देखिएको छ । सुुधारका संकेत छैनन् ।
नेताका घरमा धाउने व्यक्ति विश्वविद्यालयका पदाधिकारी हुने अवस्था अन्त्य नभएसम्म, पढाउन छोडेर राजनीतिक भाषण गर्ने शिक्षकलाई कारबाही नभएसम्म, नेताको भाषण सुुन्न र चाकरी गर्न जाने कर्मचारीलाई तह नलगाएसम्म, पार्टीका सदस्यलाई न्यायपालिकाको न्यायाधीश नियुुक्त गर्ने अवस्थाको अन्त्य नभएसम्म यो देशको अवस्था सुुध्रिन सक्दैन । गणतन्त्रको वकालत गर्ने र देशलाई समृद्ध बनाउने सपना देख्ने नेतालाई विद्यालयदेखि विश्वविद्यालयतहसम्मको शिक्षामा परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छ । आफ्ना आसेपासे र खल्तीका कनिष्ठलाई नियुुक्ति गर्दासम्म देशको शैक्षिक अवस्था सुुध्रने लक्षण देखिँदैन । शैक्षिक अवस्थामा सुधार आएन भने देशको शैक्षिक गुुणस्तर खस्कने र प्रतिवर्ष लाख हाराहारीका विद्यार्थी बाहिर जाने अवस्था आउने निश्चित प्रायः छ ।
धरापमा न्याय :
कुनै पनि मुुलुकको सबैभन्दा महत्वपूर्ण पक्ष त्यो देशको न्यायप्रणाली हो । देशको न्यायप्रणाली स्वतन्त्र हुन्छ । स्वतन्त्र न्याय राज्य संयन्त्रको सबैभन्दा महत्तम पक्ष मानिन्छ । हाम्रो देशको न्याय दिनप्रतिदिन खस्कँदो अवस्थामा रहेको छ । पार्टीको सदस्यता नलिएका तथा नेताका नजिक नभएका स्वतन्त्र व्यक्तिलाई न्यायपरिषद्ले सिफारिश नै गर्दैन । यही अवस्थामा रहेको न्यायप्रणालीले कहिले न्याय दिन्छ र ! भन्ने कुुरामा कहिले पनि नेपाली ढुुक्क हुन सकिरहेका छैनन् । न्याय हराएको देशका रूपमा नेपाल चिनिन थालेको छ ।
गणतन्त्रलाई संस्थागत गर्न नसक्ने, आफू र आफ्नालाई पोस्न तयार, सम्पत्ति कमाए पनि गाउँ, नगर, प्रदेश र सङ्घमा आस्था, विश्वास, क्षमताका आधारमा प्रत्यासी बन्न नदिई दाममा बेच्ने नेताहरू सुुध्रिने प्रयास गर । यो पुस्ता डरलाग्दो छ । आँटेका काम तुुरुन्त हुुुनुुपर्ने मान्यता राख्छ ।
न्यायालयलाई जहिले पनि स्वतन्त्ररूपमा काम गर्न दिन सक्नुुपर्दछ । न्यायलयका न्यायधीश राजनीतिक नेताको चाकरी गर्ने अवस्थामा रहनुुहुँदैन । यही अवस्था रहृयो भने न्यायप्रणाली र न्याय मर्न सक्छ । यो नेपालको ज्वलन्त समस्या बनेर देखिएको छ । नेताको कोटाका आधारमा न्यायाधीश नियुुक्त गर्ने प्रवृत्तिले नियुुक्त भएको न्यायाधीश पार्टी र नेताप्रति सदा बफादार रहेको हुन्छ । त्यो बफादारिता उसको नियति बनेको हुन्छ । उसले पाएको शिक्षा, न्याय क्षेत्रमा दिएको योगदान, निर्वाह गरेको कर्तव्य कहिले पनि नियुुक्तिको आधार बन्दैन । त्यसैले न्यायाधीश पनि चाकरीका भरमा नियुुक्त हुुने हुनाले देशको न्यायप्रणाली नै धरापमा देखिएको छ । यदि शिक्षा र न्यायलाई सत्य र व्यवस्थित तरिकाले सञ्चालन गरिएन भने देशमा जुुनसुुकै व्यवस्था आए पनिप्रगतिको बाटो गतिशील हुन सक्दैन ।
गणतन्त्रले नेपालका प्रत्येक क्षेत्रमा विकृतिको बिउ रोपेको छ । गणतन्त्रले विकास नगरेको भने होइन । शिक्षा, स्वास्थ्य, सञ्चार, यतायात, रोजगार आदि क्षेत्रमा विकास भएको छ । २०४६ र २०६२/०६३ को जनआन्दोलन नदेखेको तथा प्रजातन्त्र र लोकतन्त्रका लागि नलडेको पुुस्ता आज सामाजिक सञ्जालमा सक्रिय बनेर उदाएको छ । त्यो पुुस्ताले आन्दोलन देखेन, अश्रुग्यासका गोला सहेन, पक्राउ परी अराष्ट्रिय तत्व बनेर जेल गएन ।
त्यो पुुस्ता जान्ने हुुँदा मुलुुक गणतन्त्रमा थियो । उसले केही देखेन । निरङ्कुुशता देखेन । सुुरक्षाकर्मीको लाठी र गोली भोगेन । दिनदिनै सडक तताउन जानुुपर्ने अवस्था पाएन । उसले सञ्चारको प्रगति देख्यो । उसले सामाजिक सञ्जालनका सत्य थोरै र असत्य धेरै भएका प्रचार देख्यो । उसले भ्रष्टाचारमा चुुुर्लुुम्म डुुबेर सम्पत्ति कमाएका नेता देख्यो । नेताहरूको जीवनशैली देख्यो र भन्यो यो देश कहिले पनि प्रगति गर्न सक्दैन त्यसैले विदेशिनुु नै उपयुुक्त छ ।
गणतन्त्रलाई संस्थागत गर्न नसक्ने, आफू र आफ्नालाई पोस्न तयार, सम्पत्ति कमाए पनि गाउँ, नगर, प्रदेश र सङ्घमा आस्था, विश्वास, क्षमताका आधारमा प्रत्यासी बन्न नदिई दाममा बेच्ने नेताहरू सुुध्रिने प्रयास गर । यो पुस्ता डरलाग्दो छ । आँटेका काम तुुरुन्त हुुुनुुपर्ने मान्यता राख्छ । सचेत बन नेताहरू । शिक्षा, न्यायमा देखिएको यो जालोलाई स्वच्छ व्यक्तिका माध्यमबाट सुुधार गर । विदेश जाने पुुस्तालाई भन हामी देश सुुधार्छांै । विदेश नजाऊ । नभए यो गणतन्त्र नेपालका लागि बाँदरका हातमा नरिवल बन्न सक्ने अवस्था आउन सक्छ । तिमी र तिम्रा आसेपासेको हरिबिजोग हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच