काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला ६०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । गत असार २९ गते बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यसअघि गत असार २९ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो ।
चाँदीको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला १० रुपैयाँ बढी हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच