सीमावर्ती भारतीय बजार जयनगरदेखि जनकपुर-कुर्थासम्म ३५ किलोमिटर ट्रयाक्मा दैनिक दुईपटक रेलसेवा दिँदै आएको नेपाल रेलसेवा अब महोत्तरीको बिजलपुरा (भंगहा) सम्म सञ्चालनमा ल्याइएको छ । जयनगर-जनकपुर-बर्दिवास रेल आयोजनाको दोस्रो खण्ड १७ किलोमिटर कुर्था-भंगहा रेलसेवाको शुभारम्भ हुनुलाई एउटा ठूलो उपलब्धिको रूपमा मान्न सकिन्छ । पहिलो खण्डअन्तर्गत जयनगर कुर्था ३५ किलोमिटर रेलसेवा २० चैत २०७८ देखि सञ्चालनमा ल्याइएको थियो । अब महोत्तरीको पिपराढी लोहारपट्टी सिंग्याही र भंगहाका नागरिकले पनि रेलमा सहज रूपमा आवतजावत गर्न सक्नेछन् । यसैगरी अब रेल ५२ किलोमिटर दूरीमा गुड्नेछ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गत महिना सम्पन्न भारत भ्रमणका क्रममा नेपाल सरकारलाई यो खण्ड हस्तान्तरण गरिएको थियो । भारत सरकारको अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको यो खण्ड जयनगर-बिजलपुरा-बर्दिवास अन्तरदेशीय रेलमार्ग परियोजनाको दोस्रो भाग चलिरहेको छ । जयनगरदेखि कुर्थासम्मको पहिलो चरणको गतवर्ष अप्रिलमा उद्घाटन भई त्यसमा सञ्चालनमा रहेको छ । बिजलपुरादेखि बर्दिवास जोड्ने तेस्रो चरणका लागि हाल जग्गा अधिग्रहणको काम भइरहेको छ ।
नेपालको रेलवेको इतिहास १९९४ देखिको छ । तत्कालीन ब्रिटिश शासकले महोत्तरी जंगलबाट सखुवाको गोलीमा काठ ओसार्न निर्माण गरेको जनकपुर रेलवे महोत्तरीको बिजलपुराबाट भारतको जयनगर ५२ किलोमिटर दूरीमा सञ्चालन थियो तर २००५ सालमा आएको बाढीबाट बिगही पुल क्षतिग्रस्त भएर २९ किलोमिटरमा सीमित हुनपुग्यो ।
रेल उद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यात्रुबाहक मात्रै होइन आगामी दिनमा कार्गो रेलसेवा पनि सञ्चालनमा ल्याउने बताउँदै उनले यसलाई जयनगर विजलपुरा रेल सञ्चालन यातायात क्षेत्रले एउटै नयाँ फड्को मारेको विश्वास व्यक्त गर्नुभयो । रेल सञ्चालनले यस क्षेत्रको सामाजिक एवं आर्थिक विकासमा महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे । यस रेल कनेक्टिभिटीले दुई देशका व्यापार र पर्यटन प्रबद्र्धनमा समेत मद्दत पुग्ने विश्वाश व्यक्त गरिएको छ ।
भारतीय राजदूवासका नियोग उपप्रमुखले भारत सरकारको छिमेकी पहिलोको नीतिअन्तर्गत नेपाल र भारतविनाको भौतिक सम्पर्कलाई थप अभिवृद्धि गर्न र दुई देशका जनताको फाइदाका लागि दुई देशबीच कार्य विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार प्रतिबद्ध रहेको र भारतद्वारा नेपालमा कार्यान्वयन भइरहेका कैयौं कनेक्टिभिटी परियोजनाकै यो पनि एउटा अंग रहेको बताउनुभयो । रेल सञ्जाललाई नेपालमा विस्तार गर्ने बारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा दुईपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो ।
नेपालको रेलवेको इतिहास १९९४ देखिको छ । तत्कालीन ब्रिटिश शासकले महोत्तरी जंगलबाट सखुवाको गोलीमा काठ ओसार्न निर्माण गरेको जनकपुर रेलवे महोत्तरीको बिजलपुराबाट भारतको जयनगर ५२ किलोमिटर दूरीमा सञ्चालन थियो तर २००५ सालमा आएको बाढीबाट बिगही पुल क्षतिग्रस्त भएर रेलसेवा जनकपुरदेखि जयनगरसम्म २९ किलोमिटरमा सीमित हुन पुगेको थियो । जनकपुर-जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन हुने गरेको थियो । सुरुमा इन्धनको रूपमा कोइला तथा दाउराको प्रयोग गर्नेगरी चल्ने रेलले १८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो । २०२१ हालसम्म नेपाल रेलवेको हैसियत नेपाल यातायात सञ्चालनअन्तर्गत एउटा शाखाको रूपमा थियो ।
२०५१ सालदेखि भारत सरकारको सहयोगमा १५ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेलसेवा सञ्चालन भएको थियो । २०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र १८ जेठ २०६१ मा रेलसेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरिएपछि जनकपुर-जयनगर रेलवे नेपाल रेलवेको रूपमा हालसम्म चिनिएको छ ।
सबैभन्दा कम २ फिट ६ इन्च चौडाइ भएको लिकलाई न्यारोगेज, १ मिटर चौडालाई मिटर गेज र ५ फिट ६ इन्च चौडालाई ब्रोडगेज भने गरिन्छ । लिकको चौडाइ जति बढी हुन्छ त्यति नै गति र सन्तुलन राम्रो हुने गर्दछ । ब्रिटिश सरकारले स्थापना गरेदेखि नै तत्कालीन जनकपुर रेलवे न्यारोगेज ट्रयाकमा चल्ने गरेको हो । जनकपुर-जयनगर रेलसेवा सञ्चालन गर्ने क्रममा सरकारले तत्कालीन दरभंगा महाराजसँग सन् १९४० मा भारतीय भूमि लिजमा लिएको थियो । दरभंगा महाराज र नेपाल सरकारबीच भएको भूमि सम्झौतामा रेलसेवा सञ्चालित रहेसम्म भारतीय भूमि नेपालले प्रयोग गर्न पाउने उल्लेख छ । दरभंगा राज्य पनि ब्रिटिश इण्डियाकै शासनअन्तर्गत थियो ।
नेपालमा रेलसेवाको विस्तारका लागि थप प्रयास पनि भइरहेका छन् । पूर्वपश्चिम रेलमार्ग केरुङ, काठमाडौं रेलमार्ग र रक्सौल-काठमाडौं रेलमार्ग बढी चर्चामा छन् । भौगोलिक विकटताका कारण केरुङ-काठमाडौं रेलमार्ग बढी खर्चिलो र त्यसबाट लागत खर्च पनि उठाउन सकिने सम्भावना रहेको छैन ।
नेपालमा रेलसेवाको विस्तारका लागि थप प्रयास भइरहेका छन् । पूर्वपश्चिम रेलमार्ग केरुङ, काठमाडौं रेलमार्ग र रक्सौल-काठमाडौं रेलमार्ग बढी चर्चामा छन् । भौगोलिक विकटताका कारण केरुङ-काठमाडौं रेलमार्ग बढी खर्चिलो र त्यसबाट लागत खर्च पनि उठाउन सकिने सम्भावना रहेको छैन । काठमाडौं रक्सौल रेल मार्गको सर्भेको काम हालै सकिएको छ । भारतको कोकण रेलवे कर्पोरेसनको प्राविधिक टोलीले २२ महिना लगाएर तयार पारेको सर्भेको प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात सञ्चालनलाई बुझाइएको छ । सर्भेअनुसार उक्त रेलमार्ग निर्माणका लागि साढे दुई खर्ब भारतीय रुपैयाँ लागत आउनेछ जब कि केरुङ काठमाडौं रेलमार्गको निर्माणमा ठीक यसको दोब्बर खर्च आउनेछ ।
यसको दूरी १३६ किलोमिटर हुनेछ । त्यसमा ४२ किलोमिटर दूरी सुरुङ बन्नेछ । सुरुङ ३२ वटा रहनेछन् । त्यस्तै १२४ वटा ठूला पुल र १३ वटा स्टेसन रहनेछन् । अहिलेको दूरी रक्सौलस्थित ४ किलोमिटर भारततर्फबाट सुरु भई ललितपुरको खोकनसम्म हुनेछ । यो रेलमार्गले पर्सा, रौतहट, बारा, मकवानपुर, ललितपुर र काठमाडौंलाई छुनेछ । भारतीय पत्रिका दैनिक जागरणको छ जुलाईमा प्रकाशित समाचार अनुसार यस रुटमा नौवटा स्टेसन प्रस्तावित हुन्छन् जसमा रक्सौल, वीरगञ्ज, बगही, पिपरा, डुमरबाना, काकडी, चन्द्रपुर, धिमाल, शिखरपुर, सिसनेरी, सथिखेल र काठमाडौं स्टेसन हुनेछन् । यो रेलमार्गको निर्माण भएमा काठमाडौं-नयाँदिल्लीलाई पनि रेलमार्गबाट सजिलै जोड्न सकिनेछ ।
रक्सौल काठमाडौं रेलमार्गको अन्तिम लोकेसनको काम सन् २०२० मा गरिसक्नुपर्ने थियो । कोभिड-१९ को प्रकोपका कारण सम्भव भएन । अन्यथा यो सन् २०२१ को मध्यसम्म काम भइसक्ने थियो । यसका निम्ति भारत सरकारले एउटा टिमको गठन गरी दुवै देशतर्फबाट सर्भेमा आउने खर्च भारतले नै व्यहोर्ने सहमति भएको थियो । तीन वर्षमा रेल ट्रयाक निर्माणको काम पूरा हुन सक्नेछ । जयनगर-बिजलपुरा रेल खण्डको सञ्चालन पश्चात् अब रक्सौल-काठमाडौं रेलमार्गको निर्माणको सम्भावना बढेको छ ।
रक्सौल–काठमाडौं रेल मार्गको अधिकतम भाडा २ सयदेखि ३ सय नेपाली रुपैयाँसम्म हुनेछ । जब कि अहिले बसभाडा एक हजार रुपैयाँ लाग्ने गरेको छ । यसबाट मालसमानको ढुवानी सम्भव भएमा खाद्यान्नलगायत अधिकांश वस्तुको मूल्य सस्तो पर्नेछ । जयनगर बिजलपुर रेलवे सेवा सञ्चालन हुने कुराले नयाँ विश्वास जगाएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच