काठमाडौं । विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने दुईजना पक्राउ परेका छन् । प्रहरीले डब्लुएफपीकाे कार्यालय खोली ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ भने तीन जना फरार छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठमा घर भाँडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गर्नेलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।
उनीहरूले गत ज्येष्ठ १ गते विश्व खाद्य कार्यक्रमको कार्यालय खोली फर्निचरलगायतका कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न समानहरु तथा खाद्य सामग्रीहरु खरिद गर्न बोलपत्र आव्हान गरी, बोलपत्र स्वीकृतसमेत गरी विभिन्न सामान ल्याई रकम भुक्तान नगरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
पक्राउ परेका यी दुई जनासहितको समूहले बढुानीलकण्ठमा घर भाडामा लिएर डब्लूएफपीको अवैध कार्यालय खोलेर ठगी गरेको पाइएको छ।
पक्राउ परेका कटुवालले आफू उपसचिव जयराम केसी भएको बताउँदै सोही अनुसारको परिचयपत्र बनाउने, बोर्ड राख्ने गरेको खुलेको छ ।
पक्राउ पर्नेमा मेलम्ची घर भई गोकर्णेश्वर बस्ने जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर घर भई बूढानीलकण्ठ बस्ने दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् । त्यस्तै दिपेश गुरुङ भन्ने भिम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
नक्कली उपसचिव बनेर ठगी गरेको आरोपमा पक्राउ परेका कटुवाल यसअघि पनि ठगी सम्बन्धी कसुरमा ३ वर्ष जेल बसेर छुटेको पाइएको छ। यसअघि उनले पूर्वका विभिन्न जिल्लाहरुमा आफू सीडीओ, पूर्वआईजीपी, पूर्वसचिव, पूर्वउपसचिव भएको भन्दै ठगी गरेको खुलेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच