जनैपूर्णिमाको गन्तव्य पाँच पोखरी (फोटोफिचर)

तस्बिर : नेपाल फोटो लाइब्रेरी

हिमालय टाइम्स
Read Time = 6 mins

सिन्धुपाल्चोक । पाँच पोखरी, प्राकृतिक छटाहरु भरिपूर्ण पैदलगन्तव्य हो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाँउपालिकामा अवस्थित पाँचपोखरीको आफ्नो साँस्कृतिक र धार्मिक मान्यता पनि रहेको छ ।

राजधानी काठमाडौँबाट करिव दुई दिनको यात्रा पछि पुग्न सकिने सो पोखरी । सार्वजनिक यातायातबाट जाने हो भने काठमाडौंको जोरपाटीबाट पाँच पोखरीको लागि बस विहानको ६ः३० बजे छुट्ने गर्दछ ।

सो बसले दिउँसोको १२, १ बजे पुर्याउँछ, छिन्ती बजार, जुन बस यात्राको अन्तिम गन्तव्य हो । छिन्तीमा खाना खाईवारी सुरु हुन्छ पैदल यात्रा । बाटो केही अप्ठ्यारो भएतापनि हरियाली, खोला, झरना र ग्रामीण जनजीवन हेर्दै यात्रा गर्दा बाटो कटेको भने पत्तै हुँदैन ।

छिम्तीबाटको पैदल यात्रापछि उकालो हुँदै टुप्पी डाँडा टप खर्केमा भने बास बस्नुपर्नेहुन्छ । टपखर्क नोरसिन्गपाटी लौरिबिनाको यात्रा पछि भने पाँचपोखरी पुग्न सकिन्छ ।

एकै ठाँउमा पाँच वटा पोखरी, सेता हिमाल, चिसो हावापानी र जमिनभरी फुलेका विभिन्न रंगका फूलहरुले सवैको मन भने अवश्य नै लोभ्याउने गदैछ ।

पाँच पोखरीमा हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ। पूर्णिमाको दिन र रातभरि धामी–झाँक्रीको झाँकी हेर्न सकिन्छ ।

तामाङ समुदायको बाहुल्याता रहेको सो क्षेत्रमा स्थानीय भेषभूषा र भाषामा झाँक्री नाच हेन भने पाइन्छ । पाँच पोखरी, इन्द्रावती नदिको उद्गमस्थल पनि हो ।

यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड ।

यस पोखरीको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।

पाँच पोखरीमा रहेको शिवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रूपमा लिइन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?