खोटाङ । सानिमा रिलाईन्स लाईफ ईन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी उत्तर कुमारी राईको मृत्यु दाबी भुक्तानी गरेको हो ।
सानिमामा २०७६ माघ २९ गते १५ वर्षे सरल जीवन बीमा गरेकी राईको गत २४ जेठमा काठमाण्डौमा मृत्यु भएपछि आईतबार सानिमा रिलाईन्स लाईफ ईन्स्योरेन्स लिमिटेड खोटाङ शाखा कार्यालयमा दुई लाख २६ हजार ४०० मृत्यु दाबी भुक्तानी गरेको खोटाङ शाखा प्रमुख सन्तोष राईले बताउनु भयो ।
मृतक राईको हकवाला राजन राईको श्रीमती आशा राईलाई चेक हस्तान्तरण गरिएको छ । राईले १५ वर्षमा दुई लाख जम्मा गर्नेगरी वार्षिक १३ हजार ८१० रुपैयाँका दरले ३ किस्तामा ४१ हजार ४३० रुपैयाँ जम्मा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच