काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट खेलमा बहराइनले नेपाललाई ३२ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको थियो।
नेपालका बलरका सामु बहराइनका ब्याटिङ चल्न सकेन। बहराइनकी कप्तान दीपिका रसङ्गीकाले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका लागि इन्दु शर्माले तीन विकेट र खुशी डंगोलले दुई विकेट लिए भने कविता कुँवर, पुजा महतो, रविना छेत्री बेलवासीले समान एक / एक विकेट लिएका थिए।
प्रतियोगितामा नेपालले बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा छ । हिजो भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।
नेपालको प्लेइङ ११ मा कप्तान रुविना क्षेत्रीसहित काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच