विवाह गर्न वडाको सिफारिस अनिवार्य !

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका-४ ले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । वडामा हुने बालविवाहका घटनाहरूलाई न्यूनीकरण गर्नका लागि वडा कार्यालयले यस्तो नियम बनाएको हो । वडा नम्बर-४ भित्र बसोबास गर्ने जोसुकैले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा नम्बर-४ का वडा अध्यक्ष प्रदीपप्रसाद चौलागाईंले वडामा हुने बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरे पनि सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । ‘उहाँले भन्नुभयो, बालविवाह रोक्न चुनौती भएपछि यस्तो व्यवस्था गरिएको हो ।

जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता र कानुनी प्रमाणपत्र पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
वडा नम्बर-४ को वडा कार्यालयले एक सूचना जारी गर्दै गत माघ २६ गते देखि लागू हुने गरी वडाको सिफारिस लिई वडाको स्वीकृतमा विवाह गर्नसमेत आग्रह गरेको छ ।

विवाह गर्नुपूर्व वडा कार्यालयबाट विवाहका लागि स्वीकृति नलिई विवाह गरेको पाइएमा वडा कार्यालय कारबाहीका लागि पछि नपर्नेसमेत सूचनामा उल्लेख गरिएको छ ।

बढ्दो बाल विवाहलाई मध्यनजर गर्दै वडा कार्यालयले यसलाई न्यूनीकरण गर्न यस्तो अभियानको थालनी गरिएको वडा नम्बर-४ को वडा कार्यालयले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?