द्वन्द्वपछिको गाजा स्वतन्त्र प्यालेस्टाइन राज्यको हिस्सा हुनुपर्छ : एर्दोगान

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । इजरायल-हमास द्वन्द्व समाप्त भएपछि गाजा एक स्वतन्त्र, सार्वभौम प्यालेस्टाइन राज्यको हिस्सा हुनुपर्ने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताउनुभएको छ ।

उहाँले आफूहरुले गाजा एक शान्तिपूर्ण क्षेत्रको रूपमा हेर्न चाहेको बताउनुभएको हो । उहाँले गाजा प्यालेस्टाइन राज्यको हिस्सा भएको बताउनु भयो । उहाँले गाजा पट्टीमा इजरायलको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई कुनैपनि हिसावले टर्कीको समकक्षीको रूपमा लिन नसकिने बताउनु भयो ।

अन्तर्राष्ट्रिय कूटनीतिमा पूर्ण रूपमा सम्बन्ध तोड्ने कुनै काम नहुने बताउनु भयो । टर्कीका राष्ट्रपतिले टर्कीको मुख्य लक्ष्य इजरायल-प्यालेस्टाइन मुद्दामा अन्तिम शान्ति स्थापना गर्नु रहेको कुरामा जोड दिँदै आफ्नो देशले यस सम्बन्धमा प्रयास जारी राखेको र जारी राख्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?