काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद-२ : भष्मे डन’को गीत ‘प्रेम शरणम...’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटा र स्वस्तिका ढकालको स्वर छ । कृष्ण भारध्वजको संगीत रहेको गीतमा शब्दरचना सुशील पौडेल र कृष्ण भारध्वजको छ ।
गीतमा चलचित्रका मुख्य पात्र विपिन कार्की, स्वस्तिमा खड्कालगायत कलाकार फिचर्ड हुनुहुन्छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछानेको लगानी छ ।
दशैँको फूलपातीका दिनदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, वर्षा शिवाकोटी, सजन थापामगर, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच