दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति फेब्रुवरीमा घट्यो

Read Time = 1 min

सोल । दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुवरीमा चार महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । बैंक अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर छ, जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डलरले कम हो । योसँगै बलियो डलरले गैरडलर सम्पत्तिहरूको रूपान्तरण मूल्य घटाएको छ ।

देशको विदेशी सञ्चितिमा ३७४ अर्ब ४९ करोड डलर धितोपत्र, २६ अर्ब ७५ करोड निक्षेप, १४ अर्ब ८० करोड डलर विशेष निकासी अधिकार, ४ अर्ब ७९ करोड डलर सुन र ४ अर्ब ४४ करोड डलर आइएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) छ । जनवरीको अन्त्यमा दक्षिण कोरिया विश्वको नवौं ठूलो विदेशी मुद्राको भण्डार भएको थियो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?