लक्ष्मणको चलचित्रमा मलिका

सम्झौतापछि तस्वीर खिचाउँदै लक्ष्मण र मलिका

Read Time = 1 min

काठमाडौं । अभिनेत्री मलिका महत रंग पत्रकारिताबाट निर्देशक बन्नुभएका लक्ष्मण सुवेदीको कमब्याक सिनेमाको मुख्य भूमिकामा अनुबन्धित हुनुभएको छ । उहाँहरूबीच कागजी सम्झौता भएको हो ।

अनटाइटल सिनेमाको स्क्रिप्ट, टिम र चरित्र मन परेपछि मलिका काम गर्न तयार हुनुभएको थियो । चलचित्रमा उहाँ शीर्ष भूमिकामा रहने निर्देशक सुवेदीले जानकारी गराउनुभयो । आगामी फागुन पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रमा निर्देशक सुवेदी स्वयंको कथा, पटकथा तथा संवाद, निर्माण र गीत लेखन छ ।

दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा मलिकाबाहेक अन्य कलाकार फाइनल भएका छैनन् । लक्ष्मणले अडिसनबाट बाँकी कलाकार छानिने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?