रसुवागढी नाकाबाट आयात बढ्दो, ओखर तथा स्याउ आयात हुन थाल्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनतर्फको रसुवागढी नाकाबाट अहिले सहज रुपमा सामग्री भित्रन थालेको छ । तिहारका लागि रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चीनियाँ दाँते ओखर तथा स्याउ दशैँपछि भने दैनिक आयात हुन थालेको छ ।

अहिले फलफूलका रूपमा स्याउ र ओखर मुख्य रुपमा आयात गरेको व्यवसायी धर्म पौडेलले बताउनुभयो । तिहार तथा छठमा फलफूल र भाइटीकाका लागि ओखरको माग हुनेगर्छ ।

चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चीनियाँ सीमा अधिकारीले गएको साउन २१ गतेदेखि भदौ २९ गतेसम्म नाका बन्द गरेका थिए । तर अहिले केही सहज भएको छ ।

पहिलाको तुलनामा आयात केही मात्रामा बढेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताउनुभयो । भन्सार हातामा प्रवेश गरेका सामग्री छिटोभन्दा छिटो मूल्याङ्कन गराइ जाँचपास गराउन जाँच टोली परिचालन गरिएको अधिकृत भण्डारीले बताउनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?