मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा २ जनाको मृत्यु, एक जना घाइते

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजविराज । जिल्लाको सखडा सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

राजविराज देखि सखडातर्फ जाँदै गरेको प्र–२–०१–००२प२५६० नम्बरको एपाची मोटरसाइकल अनियंत्रित भई दुर्घटना हुदा छिन्नामस्ता गाउँपालिका ३ का १८ बर्षका श्याम कुमार यादव र सोही ३० बर्षका विकास कुमार खंगको घटनास्थलमै मृत्यु भएको हो । २३ बर्ष का अजय कुमार खंग घाईते भएका छन् ।

मृतक दुबै जनाको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्ठमाटमको लागि राखिएको छ । घाइते अजय खंगको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ । उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?