बझाङ । बझाङका भुकम्प पीडित परिवारलाई राष्ट्रिय युवा संघ नेपालका नेता लोकेन्द्रबहादुर सिंह (लोकेश)को नेतृत्वको टोलीले राहत वितरण गरेको छ ।
राज्यले राहत प्रदान नगरेको अवस्थामा युवा संघका नेताहरुले भने बझाङ जिल्ला सदरमुकाम आसपासमा रहेका १ सय भन्दाबढी भुकम्प पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको युवा संघले जनाएको छ ।
मंगलबार आएको भुकम्पका कारण घर पुर्ण रुपमा क्षती भएर खान तथा बस्नका लागि समस्यामा रहेका १ सय भन्दा बढी पीडित परिवारलाई बुधबार युवा संघका नेता तथा केन्द्रीय सदस्य लोकेन्द्रबहादुर सिंहको नेतृत्वमा राहत सामाग्री प्रदान गरिएको युवा संघ नेपालका नेता प्रशान्त भण्डारीले बताउनुभयो ।
मंगलबार ३ बजेर ६ मिनेटमा गएको ६.३ म्याग्निच्यूडको विनाशकारी भूकम्पबाट जिल्लाको जयपृथ्वी नगरपालिकाका क्षेत्र भित्रका दर्जनौं घरहरुमा क्षति पुगेको थियो । उक्त विनाशकारी भूकम्पबाट प्रभाविलाई नेता सिंहको नेतृत्वमा ७० बोरा चामल, ५० वटा त्रिपाल, ५० वटा फिना, लगाएतका १ लाख ८० हजार बराबरको राहत सामाग्री प्रदान गरिएको छ ।
राहत सामाग्री पाएपछि त्यहाँका पिडित परिवार खुशी भएका छन् । भुकम्पबाट क्षती भएका घरपरिवारको घर आँगनमै आएर राहत वितरण गर्न पाउँदा खुसी भएको र थोरै भएपनि पिडितका लागि राहत हुने विश्वास गरेको युवा संघ नेता सिंहले बताउनुभयो ।
यसैगरी राहत वितरणमा युवा संघका संसार खड्का, नरेश सिंह आकास जेठारा लगायतका युवाहरुले पनि सहयोग गर्नुभएको छ ।
रातभरी खुल्ला आकास मुनि बस्न बाध्य स्थानिय भुकम्प पिडितहरुले भने खाद्यान्न लगायतका राहत सामाग्रीहरु पाउँदा थोरै भएपनि राहात भएको पिडित ललित विकले बताउनुभयो ।
स्थानिय देवला बिक, निर्मला बिक लगायतका पिडितहरुले राहातसंगसंगै पुर्नबासको लागि पनि विभिन्न निकाय सँग माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच