एनआरटीसँग थ्रीस्टार पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी)ले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले एनआरटीलाई १-० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा सन्तोष साहुखलले पेनाल्टी चुकाउनु थ्रीस्टारका लागि महँगो सावित भयो । एनआरटीका सञ्जीव विष्टले निर्णायक गोल गर्नुभयो ।

खेलको ३३औं मिनेटमा थ्रीस्टारले पेनाल्टी पाएको थियो । पिटर सेगुनले मिडफिल्डबाट आफैं बढाएको बललाई पेनाल्टी क्षेत्रभित्र पुर्‍याउँदा एनआरटीका गौरव श्रेष्ठले फल गरेपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो । सन्तोष साहुखलले प्रहार गरेको पेनाल्टी पोष्टभन्दा बाहिर गयो ।

त्यसको पाँच मिनेटमै एनआरटीले अग्रता बनायो । सरोज तामाङको शक्तिशाली प्रहारलाई गोलरक्षक मोहम्मद ताहाले पन्च गर्नुभएको थियो तर रिबाउण्डमा आएको बललाई सञ्जीव विष्टले गोलमा परिणत गर्नुभयो । ६७औं मिनेटमा थ्रीस्टारका सन्तोष साहुखलको फ्रिकिकलाई गोलरक्षक एनआरटीका सन्तोष महतले उत्कृष्ट बचाउ गरेपछि खेलमा उसले तीन अंक गुमायो ।

यस नतिजासँगै एनआरटी अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । एनआरटीको १३ खेलमा चार जित, चार बराबरी र पाँच हारसँगै १६ अंक छ । यता थ्रीस्टारले शीर्षस्थानमा उक्लने अवसर गुमायो । दोस्रो स्थानमा रहेको पाटने टोली २२ अंकका साथ जावलाखेलभन्दा एक अंकले पछि छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?