![जोखिम मोलेर नदीले बगाएर ल्याएका काठ दाउरा निकाल्दै स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/kathadaura-khola.jpg)
सिन्धुली । सिन्धुलीमाडीमा लाग्ने शनिबारे हाटबजारमा खसी व्यापारीको भिड थियो । कपडा व्यापारी, भाडाकुडा व्यापारी, तरकारी व्यापारी लगायत नुनदेखि सुनसम्मका व्यापारीे व्यापारमा व्यस्त देखिन्थ्य । सेवाग्राहीको उस्तै खचाखच थियो । त्यही भिडमा भेटिनुभयो, कपाल सेतै फुलेकी ढाटीमाया दर्जी ।
जिल्लाको कमलामाई नगरपालिका–४ पोख्रेल गाउँमा बस्दै आउनु भएको उहाँले सिन्धुलीमाडी बजार क्षेत्रको फुटपाथमा व्यापार गर्न थाल्नु भएको ३० वर्ष वितिसकेको छ । सिजनल तरकारीजन्य वस्तु तथा फलफूलको व्यापार गरेर परिवारको जिविका धान्दै आउनु भएको उहाँले ३० रुपैयाँबाट व्यापार सुरु गर्नुुभएको थियो ।
‘३० वर्ष पहिले श्रीमानसँग ३० रुपैयाँ सापटी गरेर यो व्यापार सुरु गरेको थिएँ । आजको दिनसम्म यही व्यापारबाट आएको नाफाले घरव्यवहारको खर्च टार्दै आएको छु, शनिबारे हाटबजारमा निलो प्लाष्टिक विच्छ्याएर अदुवा, लसुन, गुन्द्र्रुक र बेसार भाग–भाग लगाएर बेच्न बस्नु भएकी ७९ वर्षीया दर्जीले भन्नुभयो ।
आठ जना सन्तान जन्माएपनि उहाँको साथमा श्रीमान मात्रै हुनुहुन्छ । पाँच सन्तान अकाल्मै वितेका थिए । छोरी ज्वाईको घरमा र दुई छोरा–बुहारी छुट्टिएर अलग्गै बसेका छन् ।
उहाँकाअनुसार श्रीमान प्रायः मादक पदार्थ सेवन गरेर झगडा गर्ने, कुट्ने–पिट्ने र घरव्यवहारको वास्तै नगर्ने भएपछि सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने उहाँलाई बाध्यता भयो । खर्च टार्ने उपाय केही नभएपछि काम खोज्न भौतारीनु भयो । काम नपाएर पैसा कमाउने विकल्प सोच्दै फर्किदा खम्बे चौरमा आफुजस्तै दीदी–बहिनीहरुले दैनिक भान्छामा प्रयोग हुने तरकारीजन्य वस्तुहरु व्यापार गरेको देख्नुभयो । नजिकै गएर उहाँहरुसँग व्यापार गर्ने ‘आइडिया’ लिनुभयो ।
व्यापार सुरु गर्न श्रीमानसँग पैसा माग्नुभयो । ३० रुपैयाँ त्यो पनि फिर्ता गर्ने सर्तमा श्रीमानले दिएको पैसाबाट उहाँले प्रतिमुठा पाँच रुपैयाँको दरले फापरको साँग किन्नुभयो । त्यो छ मुठा साँग बजार ल्याएर प्रतिमुठा १० रुपैयाँका दरले बेच्दा ३० रुपैयाँ नाफा कमाउनुभयो ।
अर्को दिन त्यही नाफा आएको पैसाले अघिल्लो दिन जसरीनै साँगको व्यापार गर्नुभयो । नाफा आएको ३० रुपैयाँ श्रीमानलाई फिर्ता दिनुभयो । आफ्नो एक्लो संर्घषमा गरिएको व्यापारबाटै घरायसीदेखि व्यापारीक खर्चसम्म चलिरहेको उहाँले सुनाउनुभयो ।
सानो लगानीमा सुरु गरेको स–सानो व्यापार, व्यवसाय पनि बाच्ने गतिलो आधार बन्ने उहाँको बुझाई छ । फुटपाथमा गरेको व्यापारबाट उहाँ अहिले दैनिक पाँच हजारसम्मको कारोबार गर्नुहुन्छ ।
आठ जना सन्तान जन्माएपनि उहाँको साथमा श्रीमान मात्रै हुनुहुन्छ । पाँच सन्तान अकाल्मै वितेका थिए । छोरी ज्वाईको घरमा र दुई छोरा–बुहारी छुट्टिएर अलग्गै बसेका छन् ।
नेपाल सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गदैँ आएको सामाजिक सुरक्षा भक्ताले औषधि खर्च टार्न सहयोग पुगेको छ । चाडपर्वदेखि दैनिक घरायसी खर्च व्यापार गरेको पैसाबाटै टार्दै आएको उहाँले बताउनुभयो ।
व्यापार सुरु गर्दासम्म दर्जीका आँखा चम्किला, दाँत भरिला थिए । कपालको रङ्ग कालो, शरीरको छाला भरिलो थियो । अहिले आँखा धमिलो हुँदै गएका छन् । दाँत झरेर सकिनै लागिसके । कपालको कालो रङ्ग उडेर सेतै भएको छ । शरीरको छाला चाउरीदै गयो । तर, उहाँले व्यापार छोड्नु भएको छैन ।
सिजन अनुसारको स्थानीय उत्पादन किसानको बारीबाट किनेर बजार ल्याई बेच्दा घाटा नहुने उहाँको अनुभव छ । पछिल्लो समय उहाँ तत्कालै विक्री नहुँदा पनि नविग्रने तरकारीजन्य वस्तुहरु लसुन, गुन्द्रुक, धुलो बेसार, सुकेको जीरे खुर्सानी लगायत स्थानीय उत्पादनहरु बेच्नु हुन्छ ।
आफ्नै श्रीमानसँग सापटी लिएको ३० रुपैयाँबाट व्यापारीक यात्रा सुरु गर्नुभएकी ढाटीमाया दर्जी दृढ इच्छा शक्ति, इमान्दार प्रयास र आँट भए व्यापार गर्न धेरै लगानी नचाहिने आशय व्यक्त गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘थोरै लगानीमा सानै भएपनि जसले व्यापार सुरु गर्छ, उसले भोक्कै बस्नु पर्दैन । व्यापारनै जिविका धान्ने बलियो आधार बन्छ ।’
व्यापार सुरु गर्दासम्म दर्जीका आँखा चम्किला, दाँत भरिला थिए । कपालको रङ्ग कालो, शरीरको छाला भरिलो थियो । अहिले आँखा धमिलो हुँदै गएका छन् । दाँत झरेर सकिनै लागिसके । कपालको कालो रङ्ग उडेर सेतै भएको छ । शरीरको छाला चाउरीदै गयो । तर, उहाँले व्यापार छोड्नु भएको छैन ।
व्यापार गर्न ठूलो लगानीनै चाहिदैन । थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी भेटिन्छ भन्ने भनाईलाई उहाँले चरितार्थ गरिदिनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच