बलिउड कलाकार सलिमको निधन

Read Time = 1 min

मुम्बई । बलिउडका लोकप्रिय खल अभिनेता सलिम गौसको निधन भएको छ । बिहीबार उहाँको हृदयाघातका कारण निधन भएको हो । ७० वर्षीय सलिमलाई बुधबार राती मुटुमा पीडा भएको बताएलगत्तै कोकिलाबे धिरुभाइ अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उहाँको निधन भएको हो । उहाँको परिवारसँग नजिक अभिनेता शारिब हासमीले उहाँप्रति शोक व्यक्त गर्दै निधनको समाचार बाहिर ल्याउनुभएको हो ।

सलिमले १९७८ मा चलचित्र ‘स्वर्ग नरक’ बाट अभिनय सुरु गर्नुभएको थियो । त्यसपछि उहाँले ‘मन्थन’, ‘कलियुग’, ‘चक्र’, ‘सारांश’, मोहन जोशी हाजिर हो’, ‘त्रिकाल’, ‘अघाट’, ‘सरदार बेगम’ लगायत थुप्रै चलचित्रमा अभिनय गर्नुभएको थियो ।

सन् १९८० दशकको मध्यमा सलिमले तमिल, तेलगु र मलयालम चलचित्रमा पनि कदम राख्नुभएको थियो । उहाँले हिन्दी, तमिल, तेलगु, मलयालम र अंग्रेजी चलचित्रमा अभिनय गर्नुभएको छ ।

https://twitter.com/sharibhashmi/status/1519619228839473152?s=20&t=AEv_VtgEh9AU-UbPZ1ORvg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?