वीरगञ्ज । नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रंगशालामा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई टाइब्रेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।
उक्त खेलको प्लेयर अफ दी म्याच पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी घोषित हुनुभयो । उहाँलाई आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पंकज श्रेष्ठले १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो ।
पुलिस क्लबले फाइनलमा आज हुने संकटा क्लब काठमाडौं र त्रिभुवन आर्मी क्लबबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारतको कोलकाता क्लाइभ हाउस डमडम र दिल्लीको एफसिआई नर्थजोन फुटबल टोली सहभागी छन् ।
वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताको उपाधि विजेताले ११ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार पुरस्कार प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच