पाँचथर जिल्लामा स्थानिय तहको वित्तिय सुशासन जोखिम मूल्याङकन-फिदिम नगरपालिका प्रथम

हिमालय टाइम्स
Read Time = 2 mins

-जितेन्द्र भण्डारी
पाँचथर । पाँचथर जिल्लाका स्थानिय तहहको वित्तिय सुशासन जोखिम मूल्याङकनको अन्तिम नतिजामा फिदिम नगरपालिका प्रथम भएको छ । जिल्लाका ८ वटा स्थानिय तहहरुमध्ये सर्वोत्कृष्ट अंक ७३.५ अंक ल्याएर जिल्लाको एक मात्रै नगरपालिका फिदिम नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

आर्थिक वर्ष ०७७/०७८ को पालिकाले तयार गरेको प्रारम्भिक नतिजाका आधारमा दावी गरेर पठाएका अंकलाई जिल्ला समन्वय समितिले प्रमाणित गरे पश्चात २०७९ वैशाख ८ गतेको निर्णय अनुसार अन्तिम नतिजा प्रकाशित गरेको जिल्ला समन्वय अधिकारी अनिल खत्रीले बताउनुभयो ।

त्यसैगरी दोस्रो स्थानमा फाल्गुनन्द गाउँपालिकाले ७३ अंक, तेस्रो स्थानमा हिलिहाङ गाउँपालिकाले ७२ अंक, चौथो स्थानमा याङवरक गाउँपालिकाले ६६.५ अंक प्राप्त गरेको छ । त्यसैगरी पाँचौ स्थानमा तुम्बेवा गाउँपालिकाले ५७ अंक, छैटौ स्थानमा मिक्लाजुङ गाउँपालिकाले ५२ अंक, सातौ स्थानमा रहेको फालेलुङले ४८.५ अंक प्राप्त गरेको छ । अन्तिम नतिजामा सवैभन्दा कम कुम्मायक गाउँपालिकाले ४६.५ अंक प्राप्त गरेको छ ।

वित्तिय सुशासन अभिवृद्धि गर्नका लागि स्थानिय तहको वित्तिय प्रणाली ब्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन तथा वित्त ब्यवस्थापनको सम्भावित जोखिम क्षेत्रहरुको पहिचान र यसको लेखाजोखा गर्ने उद्धेश्यले नेपाल सरकारले वित्तिय सुशासन मूल्यांकन कार्यविधी जारी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?