काठमाडौं । सन्तोष सेनले सोलो निर्देशकको रूपमा डेब्यू गर्न लागेको चलचित्र ‘बलिदान’मा सौगात मल्ल अनुबन्ध हुनुभएको छ । चलचित्र यसअघि अभिनेता अर्पण थापा अनुबन्ध भइसक्नु भएको छ । चलचित्रमा सौगातले मधेसी चरित्र निर्वाह गर्ने जनाइएको छ ।
लक्ष्मीपूजामा सार्वजनिक गरिएको टिजरमा डमीको रूपमा एक मधेसी पात्रलाई मसिहाको रूपमा प्रस्तुत गरिएको थियो । सोही पात्रमा सौगातले अभिनय गर्ने बुझिएको छ । ‘बलिदान’मा अभिनेता प्रदीप खड्काको पनि अभिनय रहने चर्चा छ । यद्यपि, यसको पुष्टि भइसकेको छैन ।
आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस चलचित्रको निर्मातामा पवन ब्राडफोर्ड विष्ट हुनुहुन्छ भने कार्यकारी निर्मातामा चक्रबहादुर चन्द र प्रेम पुरी रहनुभएको छ । दर्शन जीको लेखन रहने चलचित्रको ‘स्क्रिप्ट डक्टर’मा मनोज पण्डित हुनुहुन्छ ।
चलचित्रको प्रदर्शन मिति आगामी वर्षको दशैँको फूलपातीलाई घोषणा गरिएको छ । पुसदेखि चलचित्र छायांकनमा जाने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच