गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म २० हजार प्यालेस्टाइनी मारिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो । त्यसयता गाजामा कम्तीमा २० हजार प्यालेस्टाइनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
गाजामा द्वन्द्व सुरु भएदेखि (एक साता लामो युद्धविराम बाहेक) दैनिक औसत ३ सय मानिसको मृत्यु भइरहेको यो तथ्याङ्कले देखाउछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का क्षेत्रीय आपतकालीन निर्देशक रिचर्ड ब्रेननले मृत्यु हुनेको यो संख्यालाई विश्वासयोग्य ठानेका छन् ।
कुनै पनि रणभूमिमा मृतकको गणना गर्नु चुनौतीपूर्ण कार्य भए पनि पछिल्लो पटक प्राप्त तथ्याङ्क सत्यको नजिक रहेको बीबीसीले जनाएको छ ।
तर, गाजाका डाक्टरहरूले भने मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्ने बताएका छन् । किनभने यो तथ्याङ्कमा बम विस्फोटबाट ध्वस्त भएका वा अस्पतालमा नपुगेका भवनहरूको भग्नावशेषमुनि पुरिएका शवहरू समावेश छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच