काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान गर्ने भएको छ ।
कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब दुई लाख ९८ हजार सहभागीलाई कोषको आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने भएको हो । कोष सञ्चालक समितिको मिति २०७९ असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिनुभएको छ ।
सिलवालका अनुसार २०७८ असारसम्मको बचत रकममा सञ्चित मुनाफाबाट १.५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीको खातामा कुल रकम एक अर्ब ७४ करोड रुपैयाँ जम्मा हुनेछ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच