काठमाडौं । उद्योगी पवन गोल्यानले आफूले प्राधिकरणलाई कानूनसम्मत एक रूपैयाँ पनि तिर्न बाँकी नरहेको दाबी गर्नुभएको छ ।
आईतवार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उद्योगी गोल्यानले यस्तो बताउनुभएको हो ।
उहाँले विद्युत प्राधिकरणले कानूनी प्रमाण देखाए बिल भुक्तानी गर्ने बताउनु भयो । उहाँले सबैतिर रिलायन्स स्पिनिङ मिल्सले पनि १ अर्ब ९४ करोड तिर्न बाँकी रहेको भन्ने कुरा बाहिर आएको भन्दै मिल्सले विद्युत महशुलको कुनैपनि रकम तिर्न बाँकी नरहेको स्पष्ट पार्नुभयो । उहाँले अन्य धागो उद्योग समस्यामा परेको कारण त्यसको सजाय स्वरूप आफूलाई अतिरिक्त शुल्क दिन भनिएको दाबी गर्नुभयो । उहाँले अब उद्योगी व्यवसायीहरु मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्राधिकरणले उद्योगको नाम नै तोकेर कति घण्टा लोडसेडिङ हुन्छ भनेर तालिका निकालेको भन्दै लाइन दिएको भए यो तालिका किन निकालिएको थियो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले उद्योगहरुलाई विद्युत दिने नियत कहिल्यै पनि नभएको बताउनु भयो । उहाँले आफू कुनैपनि महिनाको विद्युत महशुल बाँकी नराख्ने ग्राहक रहेको बताउनु भयो ।
उहाँले कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर सेन्टिमेण्टल कुरा गरेको बताउनु भयो । उहाँले उद्योग खोलेर पाँच हजार नागरिकलाई रोजगार दिनु अपराध हो ? भन्दै प्रश्न गर्नुभयो ।उहाँले उद्योगको लाइन काटेर दुई लाख श्रमिकको जागिर खोसेर राज्यले लगानी सम्मेलन गर्नु जायज नहुने बताउनु भयो । उहाँले सरकारले भएका उद्योगहरु सबै बन्द गराउने काम गरिरहेको बताउनु भयो । उद्योगी व्यवसायीहरु मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो ? भन्दै आक्रोश पोख्नुभयो ।
उहाँले भन्नुभयो,‘लोडसेडिङको तालिका निकाल्दा रिलायन्स स्पिनिङ मिल्स यति घण्टा लोडसेडिङमा बस्ने भनेर आएको हरेक तालिकामा छ । रिलायन्स स्पिनिङ मिल्सको मात्रै होइन प्रायः सबै ठूला उद्योगहरुको निकालेको छ । उद्योगहरुलाई विद्युत दिने नियत कहिल्यै पनि थिएन । एकै पटक चार वर्षपछि बिल आउनु राम्रो होइन । हामी त्यो ग्राहक होइनौं । हामीले हरेक महिना दिइरहेको कुरा हो । कुलमान घिसिङले सेन्टिमेण्टल कुरा गर्नुभयो । उद्योग लगाउनु अपराध हो । पाँच हजार परिवारलाई रोजगार दिनु अपराध हो । उद्योगको लाइन काट्ने उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरेर २ लाख मानिसहरुको जीवनको कुरा छ । दुई लाखले जागिर गुमाउँदा लगानी सम्मेलन केको लागि हो ? सरकारले भएका उद्योगहरु सबै बन्द गराउने काम गरेको छ । यहाँ राज्य छ । अब उद्योगी व्यवसायीहरु मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो ? यही मात्रै बाँकी छ अन्य केही कुरा बाँकी छैन । डेडिकेटेड र ट्रंक लाइनको महशुलको विषयमा समयमा समाधान भएन भनेर ४ अर्बबाट २२ अर्ब देखाएर जनतालाई भ्रमित बनाउने काम कहाँसम्म ठिक हो । रिलायन्स स्पिनिङ मिल्सको एक सुक्का पनि तिर्नुपर्ने भए रगत बगाउन तयार छु । प्राधिकरणले हावादारी रुपमा फर्जि बिल पठाएर हुँदैन । डिओडी विलको जिम्मेवार प्राधिकरणले लिनुपर्नेमा व्यवसायीहरुलाई भारी बोकाउन मिल्दैन ।’
उहाँले डेडिकेटेड र ट्रंक लाइनको महशुलको विषयमा ४ अर्बबाट २२ अर्ब देखाएर जनतालाई भ्रमित बनाउने काम प्राधिकरणले गरेको बताउनु भयो । उहाँले डिओडी विलको जिम्मेवार प्राधिकरणले लिनुपर्नेमा व्यवसायीहरुलाई भारी बोकाउनु गलत भएको बताउनु भयो ।
यो पनि पढ्नुहोस्: पवन गोल्यानको आरोपको प्रतिवाद
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच