काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले उद्योगहरूका लागि चाँदी आयात खुला गर्न आग्रह गरेको छ । महासंघ अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वमा बिहीबार गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग यस्तो आग्रह गरेको हो ।
महासंघका अध्यक्ष शाक्यले हाल कायम रहेको व्यवस्थाले उद्योगी व्यवसायीको लागत बढी पर्न गएको र त्यसले प्रतिस्पर्धी क्षमता घटाएकाले आयात सीमा खुला गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । हाल एकपटकमा ६० हजार डलरसम्मको सीमामा रहेर चाँदी आयात गर्न पाउने व्यवस्था रहेको छ । महासंघ प्रतिनिधमण्डलले खपतका आधारमा चाँदीको आयात खुला गर्न केन्द्रीय बैंकको ध्यानाकर्षण गराएको हो ।
सो अवसरमा गभर्नर अधिकारीले आफूले व्यवसायीको मागलाई सकारात्मक रूपमा लिएको बताउनुभएको महासंघले जनाएको छ । सो अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा.निलम ढुंगाना, बमबहादुर मिश्र तथा महासंघतर्फबाट उपाध्यक्ष पवनकुमार सोमानी, कार्यवाहक महासचिव किरणभाई बज्राचार्य, प्रवक्ता मनोजकुमार साहलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच