वर्लिन । जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ । अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई) को नेतृत्व गरेका थिए ।
जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन् ।
गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ । तर उनी तत्काल लागु हुने गरी सेवाबाट बर्खास्त गरेको पुष्टि गरेको छ ।
बीएसआईको नेतृत्व गर्नुअघि स्कोनबोमलले साइबर सुरक्षा मामिलाहरूमा व्यापार र नीति निर्माताहरूलाई सल्लाह दिने एक निजी संघ, साइबर सुरक्षा परिषद जर्मनी स्थापना र सञ्चालन गर्न मद्दत गरेका थिए । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका