हिमा गाउँपालिकाको स्थायी कार्यालय बाजागाडमा

हिमालय टाइम्स
Read Time = 2 mins

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको गाउँसभाले पालिकाको  स्थायी केन्द्र बाजागाडमा तोकेको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको अध्यक्षतामा बसेको १२औँ सभाले पालिकाको केन्द्र  ५ नम्बर वडामा पर्ने बाजागाड बनाउने निर्णय गरेको हो ।

सबैको सहमतिमा पालिकाको केन्द्र बाजागाड बनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष  लक्ष्मणबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी हिमा गाउँबासीको विकास र समृद्विको आकांक्षा पूरा गर्न सबैको पाएक पर्ने ठाउँमा कार्यालय तोकेका छौँ । यसअघिका जनप्रतिनिधिले पनि कार्यालय बाजागाडमा तोक्ने निर्णय गरेका थिए । तर, पछि विवाद भएपछि निर्णय कार्यान्वन रोकिएको थियो ।’

हिमाले आर्थिक वर्ष ०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात, सिँचाइ, पर्यटनजस्ता क्षेत्रहरूलाई मुख्य प्राथमिकतामा राखेको छ ।

स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन लघु उद्यम, रोजगारी सिर्जना तथा अन्य आर्थिक उपार्जनका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने योजना रहेको अध्यक्ष शाहीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?